निर्माता सुशील पोखरेललाई मातृशोक

निर्माता सुशील पोखरेललाई मातृशोक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – निर्माता सुशील पोखरेल मातृशोकमा परेका छन् । आमा भीमकुमारी पोखरेलको मंगलबार बिहान ९.३५ मा स्वर्गारोहण भएको हो ।

७२ वर्षिया पोखरेल दमको बिरामी थिइन् । पशुपति परिसरमा प्राण त्याग गर्ने इच्छा जाहेर गरेका कारण भीमकुमारीलाई पशुपति ल्याइएको थियो । केहि समय अगाडीदेखि उनको मेडिसिटी अस्पतालमा उपचार हुँदै थियो ।

भीमकुमारीलाई अन्तिम श्रद्धाञ्जली दिन सिनेकर्मी, निर्माता, निर्देशकहरु पशुपति आर्यघाटमा पुगेका थिए ।

निर्माता पोखरेलले ‘जीवनदाता’, ‘निगरानी’, ‘बडीगार्ड’, ‘जय शिवशंकर’, ‘लभ सब’, ‘राधे’, ‘यात्रा’लगायतका सिनेमा निर्माण गरिसकेका छन् ।