केकीको ठाउँमा ‘चालबाज’मा भित्रिइन वर्षा

केकीको ठाउँमा ‘चालबाज’मा भित्रिइन वर्षा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – छायांकनरत सिनेमा ‘चालबाज’मा अभिनेत्री वर्षा सिवाकोटीको इन्ट्री भएको छ । उनि अभिनेत्री केकी अधिकारीको ठाउँमा सिनेमामा भित्रिएकी हुन् । छायांकनरत सिनेमा ‘झिङ्गेदाउ’मा व्यस्त भएका कारण केकीले ‘चालबाज’बाट हात झिकेकी छन् ।

वर्षाका अनुसार सिनेमामा उनको लागि विशेष भूमिका छ । भूमिका र स्क्रिप्ट मन परेकाले सिनेमा साइन गरेको सिवाकोटीले बताइन । दार्जिलिङमा छायांकन भैरहेको सिनेमामा वर्षा शुक्रबारबाट जोइन हुनेछिन ।

सिनेमाको मुख्य भूमिकामा पुष्प खड्का छन् । साता अगाडी नव-कलाकार अविनाश प्रधानले सिनेमा छोडेपछि पुष्प भित्रिएका थिए । कैलाश गुरुङले निर्देशन गरिरहेको सिनेमामा अरुण तामाङले लगानी गरिरहेका छन् । सिनेमालाई सौरभ लामाले खिचिरहेका छन् ।

यसै बीच वर्षाले नयाँ सिनेमा ‘सुदुर’ पनि साइन गरेकी छन् । रमेश बुढाथोकीले निर्देशन गर्ने सिनेमाको छायांकन फागुन बाट सुरु हुनेछ ।