गोपीकृष्णको नयाँ सिनेमा ‘माइकल अधिकारी’ घोषणा

गोपीकृष्णको नयाँ सिनेमा ‘माइकल अधिकारी’ घोषणा

द सिनेमा टाइम्स
0
Shares

सिनेमा टाइम्स, काठमाडौँ – गोपीकृष्ण मुभिजले नयाँ सिनेमा निर्माण घोषणा गरेको छ । उसले सेरोगेसी (भाडाको काख) मुद्दामा बन्ने सिनेमा ‘माइकल अधिकारी’ घोषणा गरेको हो ।

कोखलाई भाडामा लगाएर बच्चा जन्माउने पद्दतिलाई ‘सेरोगेसी’ भनिन्छ । यो मुद्दामा यसभन्दा अगाडी सिनेमा ‘कारखाना’ पनि निर्माण भैसकेको छ ।

रञ्‍जित रौनियारको लेखन तथा निर्देशनमा बन्ने सिनेमालाई निरक पौडेलले निर्माण गर्नेछन् । सिनेमा घोषणासँगै सांकेतिक पोस्टर पनि सार्वजनिक गरिएको छ । पोस्टरमा गर्भवती महिलाको पेट देखाइएको छ ।

उद्दव पौडेलको प्रस्तुति रहने सिनेमामा सौगात मल्ल र सृष्टि श्रेष्ठ कलाकारको रुपमा फाइनल भैसकेेका छन । भने, अन्य कलाकारको टुङ्गो लागेको छैैन ।