छायांकनको ३२ औँ दिनमा ‘चपली हाइट ३’ प्याकअप

छायांकनको ३२ औँ दिनमा ‘चपली हाइट ३’ प्याकअप

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अर्जुन कुमारको सिनेमा ‘चपली हाइट ३’को छायांकन सकिएको छ । राजधानी आसपासका क्षेत्रमा सस्पेन्स थ्रिलर सिनेमालाई ३२ दिन लगाएर खिचिएको निर्माण पक्षले बतायो ।


निकेश खड्काको निर्देशनमा बन्दै गरेको सिनेमामा स्वस्तिमा खड्का, अर्पण थापा, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतिक श्रेष्ठलगायतका कलाकारको अभिनय छ ।

टिमको लगाव र मिहेनतका कारण सिनेमाको छायांकन छिट्टै सकिएको निर्माता कुमारले बताए । साथै, सिनेमासँग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जोडिएका सबैलाई कुमारले धन्यवाद व्यक्त गरेका छन् ।

अर्जुन कुमार फिल्मस् प्रोडक्सनको व्यानरमा निर्मित सिनेमा चैत २८ मा रिलिज हुँदैछ । अब सिनेमाको प्राविधिक काम र प्रचारलाई संगसँगै लैजाने बताइएको छ ।