‘सेल्फी किङ’मा मनोरंजन र कलाकारको पिडा बुनिएको छ – निर्देशक सापकोटा

‘सेल्फी किङ’मा मनोरंजन र कलाकारको पिडा बुनिएको छ – निर्देशक सापकोटा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेता विपिन कार्की सिनेमा सेल्फी किङ’ मार्फत दर्शक माँझ आउदैछन् । प्रत्येक सिनेमामा भिन्न पात्रमा देखिने विपिनले यसमा एक सफल हास्य कलाकारको भूमिका निर्वाह गरेका छन् ।

शिर्ष भूमिकाको पात्र विपिन भन्छन ‘सिनेमामा मेरो च्यालेञ्जिङ भूमिका छ । करिअरमा यस्तो खालको भूमिकामा प्रस्तुत भएको थिएन । दर्शकले कलाकारलाई पर्दामा मात्र देख्नु हुन्छ । तर, पर्दा पछाडीको संसारमा उसले कतिसम्मको तनाव झेल्नुपर्छ भन्ने ‘सेल्फी किङ’ले प्रष्ट्याउछ ।’

यस्तै डेब्यु निर्देशक विशाल सापकोटाले सिनेमामा मनोरंजनसँगै कलाकारको भित्री पिडा बुनिएको बताउछन । ड्रामेडी (ड्रामा प्लस कमेडी) जनराको सिनेमा दर्शकले रुचाउने सापकोटाको आशा छ ।

कन्टेन्ट बलियो भएकै कारण सिनेमामा लगानी गरेको निर्माता दिनेश राउतले बताए । पछिल्लो सिनेमा ‘प्रसाद’बाट निर्देशकको रुपमा ख्याति कमाएका राउतले कन्टेन्ट र निर्देशक विशालको क्षमतालाई दर्शक माँझ पुर्याउन आफु जोडिएको बताए ।

सिनेमामा विपिनसँगै लक्ष्मी वर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सबिन बास्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको पनि अभिनय छ ।

माघ २४ गते रिलिज हुने सिनेमामा राउतसँगै सुभाष थापाको लगानी छ । उनिहरुसँग लगानीमा प्रवल कोइराला र राजेश बिसुरालले सहकार्य गरेका छन् ।