anmol jasita

कामना अवार्डमा ‘प्रसाद’को वर्चश्व (पूर्ण सुची)

कामना अवार्डमा ‘प्रसाद’को वर्चश्व (पूर्ण सुची)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – पाँचौ संस्करणको ‘सिजी कामना अवार्ड – २०७६’ सफलताका साथ सम्पन्न भएको छ । सिनेकर्मीको बाक्लो उपस्थितिमा सम्पन्न अवार्डमा सिनेमा ‘प्रसाद’ले वर्चश्व जमायो ।

‘प्रसाद’ले मुख्य विधा सिनेमा, निर्देशक, अभिनेता, अभिनेत्री र पटकथामा पकड जमाउदा समान अवार्ड जितेको ‘नाइँ नभन्नु ल ५’ छायांकन, संगीत, गीतकार, बालकलाकार र सह-अभिनेत्रीको विधामा अब्बल ठहरियो ।

उत्कृष्ट सिनेमासँगै ‘प्रसाद’बाट निर्देशकमा दिनेश राउतले अवार्ड जिते । अभिनेता विपिन कार्की, अभिनेत्री नम्रता श्रेष्ठ र पटकथाकार सुशील पौडेलले ‘प्रसाद’बाटै अवार्ड जिते ।

यस्तै नव-निर्देशकमा ‘डमरुको डण्डीबियो’बाट छेतेन गुरुङले अवार्ड जित्दा, नव-अभिनेत्रीमा सुहाना थापाले ‘ए मेरो हजुर ३’बाट अवार्ड चुमिन । भने, नव-अभिनेतामा ‘बोबी’बाट उमेश थापा उत्कृष्ट ठहरिए ।

प्रतिष्पर्धाका २६ विधा तर्फ दयाहाङ राईले ‘साइँली’बाट सह-अभिनेताको अवार्ड जिते । भने सह-अभिनेत्रीमा ‘नाइँ नभन्नु ल ५’बाट प्रियंका कार्की उत्कृष्ट सावित भईन ।

शनिबार साँझ ललितपुर सानेपास्थित हेरिटेज गार्डेनमा आयोजित अवार्डमा निर शाह र सन्तु तामाङलाई क्रमस… कला र प्राविधिक तर्फको लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरियो ।

यस्तै इमेज ग्रुप अफ कम्पनिज का आर. के मानन्धरलाई पुस्करलाल मिडिया अवार्डबाट सम्मानित गरिदा भरतलाल ह्युम्यानिटेरियन अवार्ड लायन सोनाम साङ्पोलाई प्रदान गरियो ।

वर्षकै उत्कृष्ट प्रयोगात्मक सिनेमाको रुपमा ‘हरी’लाई जुरी अवार्ड प्रदान गरिदा, अभिनेत्री स्वस्तिमा खड्काले पपुलर च्वाइस अवार्ड आफ्नो पोल्टामा पारिन ।

संगीतको क्रिटिक्स अवार्ड न्ह्यु बज्रचार्यले जित्दा फेसन तर्फको अवार्ड ज्ञानी शोभा तुलाधरलाई प्रदान गरियो । यस्तै क्रिटिक्स थियटरको अवार्ड सृजना सुब्बाले जितिन् ।

अवार्ड विजेताहरुको पूर्ण सुची

श्रृंगार: श्याम लामा – चक्कर
ध्वनि मिश्रण: सुनयमान श्रेष्ठ – छक्का पञ्जा ३
पार्श्व संगीत: एलिष कार्की – डमरुको डण्डीबियो
सम्पादन: निमेष श्रेष्ठ – डमरुको डण्डीवियो
छायांकन: पुरुषोत्तम प्रधान – नाइँ नभन्नु ल ५


द्वन्द्व निर्देशन: शुक्रराज शाह – भिलेन
नृत्य निर्देशन: कविराज गहतराज (पहिलो नम्वरमा) – छक्का पञ्जा ३
पार्श्व गायन (महिला): अञ्जु पन्त (सँगसँगै) – बाँध मायाले
पार्श्व गायन (पुरुष): हेमन्त राना(बगी रहें) – साइँली
संगीत: वसन्त सापकोटा (तिम्रो आँखामा) – नाइँ नभन्न ल ५


गीतकार: दिनेश थपलिया (तिम्रो आँखामा) – नाइँ नभन्न ल ५
संवाद: दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र यमन श्रेष्ठ – छक्का पञ्जा ३
पटकथा: सुशील पौडेल – प्रसाद
कथा: खगेन्द्र लामिछाने – डमरुको डण्डिवियो
बालकलाकार: सेड्रिना शर्मा – नाइँ नभन्नु ल ५


खलपात्र: प्रमोद अग्रहरी – कथा काठमाडौं
हास्य कलाकार: केदार घिमिरे – छक्का पञ्जा ३
सह-अभिनेत्री: प्रियंका कार्की – नाइँ नभन्नु ल ५
सह-अभिनेता: दयाहाङ राई – साइँली
नव-अभिनेत्री: सुहाना थापा – ए मेरो हजुर ३


नव-अभिनेता: उमेश थापा – बोबी
नव-निर्देशक: छेतन गुरुङ – डमरुको डण्डिवियो
अभिनेत्री: नम्रता श्रेष्ठ – प्रसाद
अभिनेता: विपिन कार्की – प्रसाद
निर्देशक: दिनेश राउत – प्रसाद
सिनेमा: प्रसाद

जुरी अवार्ड: हरी
पपुलर च्वाइस अवार्ड: स्वस्तिमा खड्का
क्रिटिक्स अवार्ड (संगीत): न्ह्यु बज्रचार्य
क्रिटिक्स अवार्ड (फेसन): ज्ञानी शोभा तुलाधर
क्रिटिक्स अवार्ड (थियटर): सिर्जना सुब्बा


पुस्करलाल मिडिया अवार्ड: आर. के मानन्धर – इमेज ग्रुप अफ कम्पनिज
भरतलाल ह्युम्यानिटेरियन अवार्ड: लायन सोनाम साङ्पो
लाइफटाइम एचिभमेन्ट अवार्ड (कला): निर शाह
लाइफटाइम एचिभमेन्ट अवार्ड (प्राविधिक): सन्तु तामाङ

तस्विर: ज्ञानु राई