anmol jasita

‘साङ्लो’ ट्रेलरमा दर्शक प्रतिक्रिया, ‘बल्ल रियल एक्सन मुभी आयो…’

‘साङ्लो’ ट्रेलरमा दर्शक प्रतिक्रिया, ‘बल्ल रियल एक्सन मुभी आयो…’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – ‘बल्ल एक्सन रियल मुभी आयो, कथासहितको हेर्न लायक सिनेमा जस्तो छ… युट्युबमा ‘साङ्लो’ ट्रेलर हेरेका एक दर्शक लेख्छन । अहिले ट्रेन्डिङको १६ औँ स्थानमा उक्लिएको ट्रेलरलाई लिएर दर्शकबाट यस्तै प्रतिक्रिया आएका छन् ।

अर्का दर्शक लेख्छन ‘बाघ आयो बाघ, अब बाघ शहर पसेको छ । कति हलको पर्दा फाट्ने होला…’ ५६ सय बढी कमेन्टमा अधिकांस यस्तै खालका छन् । झन्डै चार वर्षपछि पर्दामा फर्किएका एक्सन स्टार विराज भट्टलाई लिएर दर्शकको उत्सुकता कहाँसम्मको छ भनेर थाहा पाउन कमेन्ट बक्स नियाले पुग्छ ।

माघ २४ गते रिलिज हुने सिनेमाको हाइप चुलिदो छ । दर्शकले मात्र होइन सिनेकर्मी र पत्रकारले पनि ट्रेलरलाई सकारात्मक प्रतिक्रिया दिएका छन् । त्यसैले सिनेमाले व्यवसायिक सफलता पाउने ट्रेडको अनुमान छ ।

दुई दिन अगाडी रिलिज गरिएको ट्रेलरले अहिलेसम्म ५ लाख ३० हजार बढी भ्युज बटुलिसकेको छ । भने, लाइक गर्नेको अनुपात ९७.७९ प्रतिशत छ । यसलाई सिनेमाको लागि राम्रो सङ्केत मान्न सकिन्छ ।

कुनै बेला एक्सन सिनेमाको पकड रहेको सिनेमा क्षेत्र अहिले कमेडीले ढाकेको छ । कमेडीको ह्याङमा रहेका दर्शकलाई एक्सन प्रधान सिनेमाले नयाँ स्वाद दिने आशा गर्न सकिन्छ । अब हेर्न बाँकी छ, सिनेमा कस्तो बनेको छ ।

विराज आफैले निर्माण तथा निर्देशन गरेको सिनेमामा ‘मिस नेपाल – २०१७’ निकिता चाण्डकले डेब्यु गरेकी छन् । उनको डेब्यु कस्तो होला भन्ने पनि दर्शकमा एक किसिमको कौतुहलता छ ।

सिनेमामा विराज र निकितासँगै जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी, भिष्म जोशी लगायतका कलाकारको अभिनय छ ।

शिवम अधिकारीको लेखनमा निर्मित सिनेमामा सुरेश अधिकारी/राजनराज सिवाकोटीको संगीत, श्री श्रेष्ठको एक्सन, मानकृष्ण महर्जनको छायांकन, अर्जुन जिसीको सम्पादन र कविराज गहतराज/रामजी लामिछानेको कोरियोग्राफी छ ।