anmol jasita

कामनामा सुहानाले चुमिन अवार्ड

कामनामा सुहानाले चुमिन अवार्ड

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – ‘ए मेरो हजुर ३’ डेब्यु अभिनेत्री सुहाना थापाले पाँचौ संस्करणको ‘सिजी कामना अवार्ड’ जितेकी छन् । नव-अभिनेत्री तर्फको विधामा उनले अवार्ड चुमेकी हुन् ।


पहिलो सिनेमाबाटै अभिनयमा निक्कै तारिफ बटुलेकी सुहानालाई राइजिङ स्टारको रुपमा हेरिएको छ । उनको अभिनयलाई दर्शकदेखि समिक्षकसम्मले उत्कृष्ट भनेका थिए ।

यस्तै नव-अभिनेताको अवार्ड सिनेमा ‘बोबी’बाट उमेश थापा जितेका थिए । भने, नव-निर्देशक तर्फ ‘डमरुको डण्डीबियो’बाट छेतेन गुरुङले कब्जा जमाए ।

सुहाना अहिले सिनेमा ‘ए मेरो हजुर ४’को लागि नेपाल आएकी छन् । नेपाल आएकै दिन अवार्ड जित्दा उनले खुसि व्यक्त गरेकी छन् । ‘ए मेरो हजुर ४’मा सुहानाले दोस्रो पटक अनमोल केसीसँगै जोडी बाँध्नेछिन् ।

अनमोलको जोडीको रुपमा ‘ए मेरो हजुर ३’मा उनले डेब्यु गरेकी थिइन् । र, यो जोडीलाई दर्शकले अत्याधिक माया दिएका थिए । फलस्वरुप सिनेमा बक्सअफिसमा सुपरहिट सावित भएको थियो ।

तस्विर: ज्ञानु राई 

यो पनि पढ्नुहोस्:-

कामना अवार्डमा ‘प्रसाद’को वर्चश्व (पूर्ण सुची)