anmol jasita

दशौँ नेफ्टा अवार्ड राजधानीमै आयोजना हुने

दशौँ नेफ्टा अवार्ड राजधानीमै आयोजना हुने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – पर्दा पछाडी काम गर्ने प्राविधिकको साझा संगठन ‘नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा)’ले दशौँ संस्करणको नेफ्टा अवार्ड घोषणा गरेको छ । राजधानीमा आयोजित एक प्रेसमिटका बीच आयोजकले अवार्डको बारेमा जानकारी दिएको हो ।

यसअघिका चार संस्करण लगातार विदेशमा आयोजना गरिएकोमा यसपटक नेफ्टा नेपालमा हुनेछ । चैत १५ गते राजधानीको टुँडिखेलमा अवार्ड भव्य रुपमा सम्पन्न गरिने अध्यक्ष पुस्कर लामाले जानकारी दिए ।

‘अघिल्ला केहि संस्करण विदेशमा आयोजना गरिएपनि यसपटक ‘नेपाल भ्रमण वर्ष – २०२०’लाई सहयोग पुर्याउने हेतुले अवार्ड नेपालमै गर्न लागेका हौँ ।’ अध्यक्ष लामाले बताए ।

नेफ्टा आयोजनाको लागि यसपटक ‘ड्रिम हाइ नेपाल’सँग सहकार्य हुँदैछ । ‘ड्रिम हाइ नेपाल’ले देशमा थुप्रै ठुला कन्सर्ट र कार्यक्रम आयोजना गरिसकेको छ । यसले अनमोल केसीको कन्सर्ट पनि सफलताका साथ सम्पन्न गरेको थियो ।

पछिल्लो दुई वर्ष अवार्डले निरन्तरता पाएको थिएन । अवार्ड आयोजना नहुनुको कारण यस क्षेत्रमा बढेको बेथितिलाई बताइएको छ ।

प्रेसमिटमा प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल प्रमुख अतिथिको रुपमा उपस्थित थिए । भने, अभिनेता राजेश हमाल, भुवन केसी, अभिनेत्री बसुन्धरा भुषाललगायतले अवार्डको बारेमा बोलेका थिए ।

कार्यक्रममा नव-निर्वाचित नेपाल चलचित्र निर्देशक समाजका पदाधिकारीहरुलाई विशेष सम्मान गरिएको थियो ।

तस्विर: ज्ञानु राई