जेठमा ‘चिसो एस्ट्रे’ प्रदर्शन तय

जेठमा ‘चिसो एस्ट्रे’ प्रदर्शन तय

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – दिनेश पाल्पाली (दिन्श) निर्देशित सिनेमा ‘चिसो एस्ट्रे’को रिलिज डेट तय गरिएको छ । गाउँलेबाट सहरिया बन्न लागिपरेको एक युवाको यात्राको कथामा निर्मित सिनेमा जेठ १६ गते रिलिज हुनेछ ।

‘आधुनिक बन्ने चक्करमा उक्त पात्रले आफूलाई गुमाउन पुग्छ । आधुनिक बन्न उसले गर्ने यात्रा र यात्राका क्रममा भेट्ने अरु यात्रुको कथा नै चिसो एस्ट्रे हो ।’ निर्देशक पाल्पालीले वृतान्त भने ।

पाल्पालीले यसअघि निर्देशन गरेको सिनेमा ‘बालकृष्ण सम: अनटोल्ड स्टोरी’बाट किम्फसँगै थाइल्याण्ड, क्यालिफोर्निया, चिन आदि देशका फिल्म महोत्सवमा विभिन्न अवार्ड जित्न सफल भएका थिए ।

‘चिसो एस्ट्रे’मा दिव्य देवले मुख्य पात्र ‘मदन’को भूमिका निर्वाह गरेका छन् । भने, सहयात्रीको रुपमा निकुन श्रेष्ठ, नविन लम्साल, सुशील राज पाण्डे, रबिन तामाङ र सृष्टि श्रेष्ठले अभिनय गरेका छन् ।

कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित सिनेमालाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । निर्माणमा भने महेशबाबुलाई प्रबिन स्याङ्बोले सघाएका छन् । सिनेमामा दिन्शले लेखनसँगै गीतकारको पनि भूमिका निर्वाह गरेका छन् ।

सिनेमामा अजर जंगमको संगीत, उज्जल बस्ताकोटीको छायांकन र उज्ज्वल ढकालको सम्पादन छ । निर्माण पक्षले केहि समय अगाडी मुख्य पात्रको परिचयात्मक फस्टलुक पनि सार्वजनिक गरिसकेको छ ।