गोपीकृष्णले ‘पर्खि बसें २’ निर्माण गर्ने

गोपीकृष्णले ‘पर्खि बसें २’ निर्माण गर्ने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – राजबल्लभ कोइराला र यूना उप्रेतीको डेब्यु सिनेमा ‘पर्खि बसें’को अब सिरिज निर्माण हुने भएको छ । रिलिजको १२ वर्ष पश्चात निर्माण कम्पनि गोपीकृष्ण मुभिजले हिमालयन मुभी स्टूडियोसँगको सहकार्यमा सिनेमा घोषणा गरेको हो ।


‘पर्खि बसें’मा राजबल्लभ र यूनासँगै निखिल उप्रेतीको मुख्य भूमिका थियो । सांगीतिक प्रेमकथामा आधारित सिनेमा बक्सअफिसमा सुपरहिट सावित भएको थियो । दोस्रो शृंखलाको लागि भने कलाकार तय भैसकेका छैनन् ।

निकिता पौडेल र विनोद सापकोटाले दुई व्यानरको प्रतिनिधित्व गर्दै ‘पर्खि बसें २’मा लगानी गर्नेछन् । प्रदीप दाहाल र तिर्थ पौडेल सिनेमाको सह-निर्मातामा छन् ।

सिनेमामा सौरभ चौधरीको कथा तथा निर्देशन रहनेछ । निर्देशक चौधरीको निर्देशकीय डेब्यु सिनेमा ‘लभ डायरिज’ फागुन २ मा रिलिज हुँदैछ ।

गोपीकृष्णले नयाँ सिनेमा ‘माइकल अधिकारी’ माघदेखि फ्लोरमा जादैछ । सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहने सिनेमाले चैत २८ लाई रिलिज तोकेको छ ।