‘अर्जुन रेड्डी’को नेपाली रिमेक बन्ने पक्का

‘अर्जुन रेड्डी’को नेपाली रिमेक बन्ने पक्का

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – तेलुगुको सफल सिनेमा ‘अर्जुन रेड्डी’ अब नेपाली रिमेक बन्ने भएको छ । नेपाली सिनेमा निर्माण कम्पनि युवा फिल्मस्ले ‘अर्जुन रेड्डी’ निर्माण कम्पनि भद्रकाली पिक्चर्ससँग नेपाली भर्सन निर्माणको अनुमति लिएको हो ।

भद्रकाली पिक्चर्सका प्रणय रेड्डी र युवा फिल्मस्का केशव खड्का बीच अमेरिकामा निर्माण सम्झौताको लागि हस्ताक्षर भएको आशिष श्रेष्ठले जानकारी दिए ।

सन्दीप भंगा निर्देशित ‘अर्जुन रेड्डी’ले तेलुगु भर्सनमा ५१ करोड कमाएको थियो । जसको बजेट मात्र ५ करोड थियो । सिनेमामा विजय देवराकोन्डाले शिर्ष भूमिका निर्वाह गरेका थिए ।

यसको हिन्दी भर्सनमा निर्मित ‘कबिर सिंह’ले बक्सअफिसमा तहल्का मच्चाएको थियो । सन्दीप भंगाले नै निर्देशन गरेको सिनेमाले घरेलु बक्सअफिसमा मात्रै २ सय ७८ करोड छापेको थियो । शाहिद कपूर स्टारर हिन्दी भर्सन ६० करोडको बजेटमा निर्माण भएको थियो ।

तेलुगु र हिन्दी भर्सन ब्लकबस्टर भएका कारण नेपाली रिमेक बनाउन ठुलो चुनौती रहेको र आफुहरुले चुनौती सामना गर्न अगाडी बढेको आशिष र केशवले बताए ।

युवा फिल्मस्ले ‘कबड्डी’, ‘पुरानो डुंगा’ जस्ता सिनेमाले अमेरिकामा प्रदर्शन गरिसकेको छ । भने, नेपाली सिनेमा ‘सफर’ निर्माण गरिसकेको छ । छिट्टै प्रेसमिट गरेर सिनेमाको कास्ट एण्ड क्रु सार्वजनिक गरिने निर्माण पक्षले बतायो ।