सिनेपत्रकार डिबी खड्काको ‘नियत’ सार्वजनिक

सिनेपत्रकार डिबी खड्काको ‘नियत’ सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – लामो समय सिनेपत्रकारितामा कलम चलाएका डिबी खड्काले पुस्तक ‘नियत’ सार्वजनिक गरेका छन् ।

सिने क्षेत्रको महिला माथिको नियतमा आधारित पुस्तक अभिनेत्रीद्वय रेखा थापा, स्वस्तिमा खड्का, लक्ष्मी वर्देवा, सम्पादक नारायण अमृत र अमर खड्काले सार्वजनिक गरेका हुन् ।

पुस्तक विमोचन समारोहमा तीन अभिनेत्री बीच ‘नियत’लाई लिएर अन्तरक्रिया पनि गरिएको थियो । पत्रकार दीपज्योती थापाको प्रश्नमा रेखा, स्वस्तिमा र लक्ष्मीले लामो बहस गरे ।

पुस्तक माथि बोल्दै रेखाले ‘नियत’बाट आफु प्रभावित भएको बताइन । सिनेमा क्षेत्रमा महिलालाई हेरिने नियतलाई डिबीले राम्रोसँग पुस्तकमा उतारेको बताइन ।

‘किताब असाध्यै मनपर्यो। जति पटक किताब पढ्‍यो उति मजा लाग्यो। फिल्म बनाऊँजस्तो लाग्यो। पढ्दै जाँदा किताबका कथा रुचिपूर्ण लागे।’ उनले भनिन् ।

‘अहिले महिला मात्र नभएर पुरुष पनि शोषणमा परेका छन् । पुरुष माथि पनि कसैले लेखिदिनु पर्यो’ उनले थपिन् ।

यस्तै स्वस्तिमा खड्काले पनि किताबले आफुलाई छोएको बताइन । कहिल्यै किताब नपढ्ने बानी भएपनि यसपटक आफुले ‘नियत’ पढेको र सिरियस व्यक्तिसँग काम गरिरहेकाले यस्तो खालको नियती भोग्नु नपरेको बताइन ।

अभिनेत्री लक्ष्मी वर्देवाले पुस्तकको वास्तविकताले आफुलाई प्रभावित तुल्याएको बताइन ।

कार्यक्रममा अभिनेत्रीहरुको पहिरण, पारिवारिक समस्या, संघर्ष बेलाका असुरक्षा, स्त्री जनन्द्रीयलाई लिएर हेरिने दृष्टिकोण विषयक अन्तरक्रिया गरिएको थियो ।