रेखाको अनटाइटल प्रोजेक्टमा सौगात र दयाहाङ फाइनल

रेखाको अनटाइटल प्रोजेक्टमा सौगात र दयाहाङ फाइनल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेत्री रेखा थापाले होमप्रोडक्सनको नयाँ सिनेमा घोषणा गरेकी छन् । नाम तय नभएको सिनेमालाई सबिर श्रेष्ठले निर्देशन गर्नेछन ।

माघे संक्रान्तिको अवसरमा रेखाले सिनेमाका मुख्य कलाकार पनि सार्वजनिक गरेकी छन् । आफुसहित सिनेमामा सौगात मल्ल र दयाहाङ राईको मुख्य भूमिका रहने रेखाले बताइन ।

आगामी वर्षको लक्ष्मीपूजालाई प्रदर्शन मिति तोकिएको सिनेमाको छायांकन चैत अन्तिम साताबाट सुरु हुने बताइएको छ । अहिले सिनेमाको कथा जगदिश्वर थापाले लेखिरहेका छन् ।

यसपटक सिनेमा विषय केन्द्रित हुने रेखाले बताएकी छन् । रेखाका पछिल्ला सिनेमा महिला केन्द्रित थिए । यस सिनेमाको कथाबस्तुबारे भने खुलस्त पारिएको छैन ।

रेखा फिल्मसको व्यानरमा निर्माण हुने सिनेमाको अन्य कास्ट एण्ड क्रु छिट्टै सार्वजनिक गरिनेछ ।