विपिनले ल्याएँ सेल्फी खिच्ने कन्टेस्ट

विपिनले ल्याएँ सेल्फी खिच्ने कन्टेस्ट

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेता विपिन कार्की स्टारर सिनेमा ‘सेल्फी किङ’ आउँदो माघ २४ बाट अलनेपाल रिलिज हुँदैछ ।

रिलिजको मिति नजिकिदै गर्दा निर्माण पक्ष प्रचारमा उत्रिएको छ । प्रचारको सामाग्री अनुरुप टिमले ‘हाम्रो सेल्फी किङ कन्टेस्ट’ घोषणा गरेको छ ।

यस कन्टेस्टमा सहभागिता जनाउन ह्युमर तथा कमेडी हाउभाउसहितको सेल्फी खिचेर हाम्रो कम्युनिटीमा (लिंक) पोस्ट गर्नुपर्नेछ । तस्विरमा चाहे अनुसारको मेकअप गर्न सकिने नियम छ ।

देशभरबाट जम्मा भएका सेल्फी मध्ये लाइक र कमेन्टको आधारमा निर्माण पक्षले उत्कृष्ट सहभागी छनोट गर्नेछ । माघ ५ देखि २० सम्म चल्ने कन्टेस्टको नतिजा माघ २१ मा हाम्रो पात्रोबाट प्रकाशित हुनेछ ।

विजेताको लागि कलाकार तथा निर्देशक अनुप बरालको एक्टर्स स्टुडियोमा ३ महिने निशुल्क अभिनय प्रशिक्षणको व्यवस्था गरिएको छ । भने, अन्य १० जनाले सिनेमा प्रिमियरको पास पाउनेछन ।

विशाल सापकोटाले निर्देशन गरेको सिनेमामा विपिनले शिर्ष भूमिका निर्वाह गरेका छन् । एक हास्य कलाकारको तीन दिनको कथा सिनेमाले बोकेको छन् । एक कार्यक्रममा पुगेर फर्किदासम्म उक्त कलाकारले भोग्नुपर्ने उतारचढावमा सिनेमाले फन्को मार्ने निर्दशक सापकोटाले बताएका छन् ।

सिनेमामा विपिनसँगै लक्ष्मी वर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, जीवन भट्टराई, सबिन बास्तोलालगायतका कलाकारको अभिनय छ ।

निर्देशक सापकोटाकै कथामा सुसन प्रजापतिको छायांकन, जीवन थापाको सम्पादन र निर्मलकुमार थापाको कोरियोग्राफी छ ।

सुभाष थापा प्रोडक्सन र पिक्चर फ्रेम फिल्म प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा प्रवल कोइराला र राजेश बिशुराल सह-निर्माताको रुपमा छन् ।