‘माइकल अधिकारी’को छायांकनमा सौगात र सृष्टि

‘माइकल अधिकारी’को छायांकनमा सौगात र सृष्टि

द सिनेमा टाइम्स
0
Shares

 द सिनेमा टाइम्स, काठमाडौँ – सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहने सिनेमा ‘माइकल अधिकारी’ माघ १ गतेदेखि फ्लोरमा निस्किएको छ ।

बुधबार माघे संक्रान्तिको अवसर पारेर सिनेमाको छायांकन सुरु गरिएको हो । सेरोगेसी (भाडाको कोख)मा आधारित रहेर निर्माण हुने सिनेमालाई रञ्‍जित रौनियारले निर्देशन गर्दैछन् । सिनेमाको कथा पनि उनकै हो ।

गोपीकृष्ण मुभिजले निर्माण गर्न लागेको सिनेमाको छायांकन झापाको विर्तामोडबाट सुरु भएको हो ।

सिनेमामा सौगात र सृष्टिसँगै अशान्त शर्मा, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलिप बोहरालगायतको अभिनय रहनेछ ।

चैत २८ गते रिलिजको लक्ष्य राखिएको सिनेमालाई उद्धव पौडेलले प्रस्तुत गर्नेछन । भने, निर्मातामा निरक पौडेल छन् ।