विराजलाई भ्याइ-नभ्याइ, ‘साङ्लो’को प्रचारदेखि महोत्सवको निम्तासम्म

विराजलाई भ्याइ-नभ्याइ, ‘साङ्लो’को प्रचारदेखि महोत्सवको निम्तासम्म

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेता विराज भट्टलाई भ्याइ-नभ्याइ छ । माघ २४ गते ‘साङ्लो’को रिलिज नजिकै आइसकेको छ । सिनेमाको बाँकी रहेको गीतको छायांकन, प्रचार-प्रसार र महोत्सवमा चर्को माग ।

त्यैपनि विराज टाइमटेबल मिलाउनमा व्यस्त छन् । यसै साता राजधानीमा अन्तिम गीतको छायांकन बाँकी राख्दै कैलालीको अत्तरियामा आयोजित महोत्सव भर्नुपर्यो ।

सुदुरपश्चिम प्रादेशिक महोत्सवमा विराजको प्रस्तुति हेर्न भनि ८ हजार बढी दर्शक उपस्थित थिए । उनि सह-कलाकार निकिता चाण्डकको साथ स्टेज चढे । ‘साङ्लो’बाट डेब्यु गरेकी ‘मिस नेपाल -२०१७’ निकिताको पनि क्रेज देखियो । विराजको त छदै थियो ।

स्टेज प्रस्तुति पश्चात विराजले आयोजकलाई रकम सहयोगको घोषणा गरे । महोत्सवमा निम्त्याइएको रकम उनले आयोजक संस्थाको भवन निर्माणका लागि सहयोग गरेका हुन् ।

दर्शकलाई सम्बोधन गर्दै विराजले भने ‘तपाईहरुको यति धेरै मायाले गर्दा आज यो उचाईमा छु । तपाईहरुकै मायाले गर्दा महोत्सव आयोजकले मलाई राम्रो रकम तिरेर निम्त्याउनु हुन्छ । त्यसैले यसपटकको पारिश्रमिक म आयोजक संस्थाको भवन निर्माणका लागि सहयोग गर्न चाहन्छु ।’ उनले ‘साङ्लो’बारे पनि दर्शकलाई जानकारी दिन भ्याएँ ।

महोत्सव सकाएर विराज र निकिता राजधानी फर्किसकेका छन् । साथै, उनिहरु बाँकी रहेको गीतको छायांकनमा जुटेका छन् । जुन गीत यसै साता सार्वजनिक गरिदैछ ।

विराज आफ्नै लगानी र निर्देशनमा निर्माण गरिएको ‘साङ्लो’मा जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी, भिष्म जोशी लगायतका कलाकारको पनि अभिनय छ ।

शिवम अधिकारीको लेखनमा निर्मित सिनेमामा सुरेश अधिकारी/राजनराज सिवाकोटीको संगीत, श्री श्रेष्ठको एक्सन, मानकृष्ण महर्जनको छायांकन, अर्जुन जिसीको सम्पादन र कविराज गहतराज/रामजी लामिछानेको कोरियोग्राफी छ ।