विराज र निकिताको रोमान्टिक मूड (फोटोफिचर)

विराज र निकिताको रोमान्टिक मूड (फोटोफिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेता विराज भट्ट र ‘मिस नेपाल – २०१७’ निकिता चाण्डको डेब्यु सिनेमा ‘साङ्लो’ माघ २४ देखि अलनेपाल रिलिज हुँदैछ । लामो समयपछि सेतोपर्दामा कमब्याक गरेका विराजलाई लिएर दर्शक व्यग्र प्रतिक्षामा छन् ।

सिनेमाको सार्वजनिक गीत र ट्रेलरले दर्शकको ध्यान केन्द्रित गरेपछि ‘साङ्लो’को हाइप बढेको छ । प्रचारलाई चुस्त बनाउन निर्माण पक्षले कम्मर कसेर लागिपरेको छ ।

आफ्नै निर्माण एवं निर्देशन रहेको सिनेमालाई लिएर विराज निक्कै आशावादी छन । सिनेमाको बाँकी एक गीत यसै साता खिचिएको छ । राजधानी आसपासका क्षेत्रमा खिचिएको गीतमा विराज र निकिता फिचर्ड छन् ।

द सिनेमा टाइम्स फोटोग्राफर ज्ञानु राईले छायांकनको क्रममा यो जोडीको रोमान्टिक क्षण क्यामरामा कैद गरेका छन् । हेरौँ तस्विर:-

तस्विर: ज्ञानु राई