नीता र परमिताको ‘दि कर्मा’लाई पिजी सर्टिफिकेट

नीता र परमिताको ‘दि कर्मा’लाई पिजी सर्टिफिकेट

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ –  देवकुमार श्रेष्ठ निर्देशित सिनेमा ‘दि कर्मा’ सेन्सर पास भएको छ । एक्सन लभस्टोरी सिनेमालाई नेपाल सरकार अन्तर्गत केन्द्रीय चलचित्र जाँच समितिले पिजी सर्टिफिकेट प्रदान गर्यो ।

सिनेमामा समावेश रगतसहितको एक एक्सन दृश्यमा सेन्सरले ‘ब्लर’ गर्न निर्देशन दिएको छ । सेन्सर बोर्डका पदाधिकारीहरुले सिनेमा रुचाउनु भयो ।’ निर्माता जयराज रायले जानकारी दिए । अब सिनेमा १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकको निगरानीमा हेर्नुपर्नेछ ।

नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनालाई मुख्य कथाबस्तु बनाएको सिनेमा माघ १७ देखि अलनेपाल रिलिज हुँदैछ ।

सुशील पोखरेलको पटकथा संवाद रहेको सिनेमामा करण वर्मा, नीता ढुंगाना, परमिता आरएल राणा, बुद्दी तामाङ, देवकुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारको अभिनय छ ।

जय मिडिया म्यानेजमेन्ट र श्रीत मिडिया एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित सिनेमा नेपालसँगै विदेशमा पनि रिलिज हुनेछ । रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा निर्माता रहेको यस सिनेमामा शारदा खड्का अर्याल सह निर्माताको रुपमा छिन् ।