‘कमाण्डर’ कालोबजारी र भ्रष्टाचार विरुद्द छ – निर्देशक बिबेक सापकोटा

‘कमाण्डर’ कालोबजारी र भ्रष्टाचार विरुद्द छ – निर्देशक बिबेक सापकोटा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – माघ १० गते रिलिज हुने सिनेमा ‘कमाण्डर’ भ्रष्टाचार, तस्करी र कालोबजारी विरुद्द निर्माण गरिएको यसका निर्देशक एलआर बिबेक सापकोटाले बताएका छन् । सिनेमाको लेखक तथा निर्माता पनि रहेका सापकोटाले मंगलबार राजधानीमा प्रेसमिट गरेर सिनेमाको जानकारी दिए ।

सोलो रिलिजको मौका पाएको सिनेमामा भरमार एक्सन, लभ र सेन्टीमेन्ट रहेको निर्देशक सापकोटाले दावी गरे । ‘‘कमाण्डर’मा मनोरञ्जनका साथै देशप्रेमको सन्देश छ,’ प्रेसमिटमा सापकोटाले भने, ‘समसामयिक राजनीति, भ्रष्टाचार, तस्करी, कालोबजारीलगायतका समाजीक बेथितिबिरुद्धको प्रतिनिधि आवाजलाई सिनेमामा प्रस्तुत गरेका छौ ।’ उनले सिनेमा बिसुद्ध मनोरञ्जनको हेतुले निर्माण गरिएको भए तापनि समाजोपयोगी सन्देश समेत प्रस्तुत गरिएको बताए ।

कार्यक्रममा अभिनेत्री साधनाले ‘कमाण्डर’ ‘फूल इन्टरटेन्मेन्ट’ सिनेमा भएको बताइन् । पहिला केही म्युजीक भिडियोमा अभिनय गरेको भए पनि यो नै आफ्नो डेब्यु फिल्म भएकाले निकै आशावादी रहेको बताउदै उनले भनिन्, ‘पहिलो प्रयास सक्दो राम्रो गर्ने कोसिस गरेकी छु । आशा छ दर्शकले स्वीकारिदिनु हुनेछ ।’

त्यसैगरी, यही सिनेमाबाट डेब्यु गरेकी नवअभिनेत्री सगुनले पनि आफू ‘कमाण्डर’बाट निकै आशावादी रहेको सुनाइन् । उनले पहिलो सिनेमा भएपनि सिनीयर कलाकार तथा निर्देशकसँग काम गर्न पाउदा धेरै कुरा सिक्ने अबसर पाएको बताउदै आफ्नो करिअरको अगाडि पाइला यही सिनेमाले तय गर्ने बिश्वास ब्यक्त गरिन् ।

सिनेमामा अनुपबिक्रम शाही,रबिन तामाङ,साधना सिल्वाल,ध्रुव कोइराला,श्रीराम पुडासैनी, प्रेम शर्मा,दिनेश केसी, कालु राना, तेजा ऐरका, सगुन थापालगायत मुख्य भूमिकामा छन् ।

सुपेरियर फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमाका सहनिर्मातामा सावन जंग राना छन् । दिब्य सुवेदीले खिचेको सिनेमामा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन, पवित्रा आचार्यले कोरियोग्राफी तथा मनोज चौलागाईंको शब्द र संगीत छ ।