‘ए मेरो हजुर ४’मा अनमोल र सुहानासँगै सलोन

‘ए मेरो हजुर ४’मा अनमोल र सुहानासँगै सलोन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – झरना थापाले निर्देशन गर्ने सिनेमा ‘ए मेरो हजुर ४’मा अभिनेता सलोन बस्नेत फाइनल भएका छन् । निर्देशक थापाले बुधबार सामाजिक संजाल मार्फत सलोन ‘ए मेरो हजुर ४’मा भित्रिएको पुष्टि गरिन ।

फागुन १३ गतेदेखि छायांकनमा जाने सिनेमामा अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहनेछ । यो जोडी ‘ए मेरो हजुर ३’ बक्सअफिसमा सुपरहिट भएको थियो । त्यस्तै यस सिरिजमा सलोन तेस्रो पटक देखिदैछन् । सुनीलकुमार थापाले निर्माण गरेको दोस्रो र तेस्रो शृंखलामा सलोनको कमिक रोलले प्रशंसा बटुलेको थियो ।