‘एन्टी हिरो’मा जसिता फाइनल, अनमोलसँग बाँधिनेछ जोडी

‘एन्टी हिरो’मा जसिता फाइनल, अनमोलसँग बाँधिनेछ जोडी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सुपर काजल फिल्मस्को व्यानरमा निर्माण हुने सिनेमा ‘एन्टी हिरो’मा अभिनेत्री जसिता गुरुङ फाइनल भएकी छन् । उनले सुपरस्टार अनमोल केसीसँग पहिलो पटक जोडी बाँध्नेछिन् ।

बुधबार अभिनेता भुवन केसीले जसितालाई सिनेमा साइन गराएका हुन् । एक्सन, लभस्टोरी जनरालाई भारतीय निर्देशकले निर्देशन गर्ने भुवनले बताए ।

सिनेमामा अनमोल र जसितासँगै भुवनको पनि मुख्य भूमिका रहनेछ । सिनेमाको अन्य कास्ट एण्ड क्रु फाइनल भैसकेका छैनन् । सिनेमाको छायांकन बैशाख १ गते देखि सुरु हुनेछ ।

अनमोल अहिले झरना थापाले निर्देशन गर्ने सिनेमा ‘ए मेरो हजुर ४’को तयारी गरिरहेका छन् । सुनिलकुमार थापाले निर्माण गर्ने सिनेमामा अनमोल र सुहाना थापाको जोडी दोस्रो पटक बाँधिएको छ । यो सिनेमाको छायांकन फागुन १३ देखि सुरु हुँदैछ ।