शुक्रबार ‘कमाण्डर’ सोलो रिलिज

शुक्रबार ‘कमाण्डर’ सोलो रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – शुक्रबारदेखि नेपाली सिनेमा ‘कमाण्डर’ अलनेपाल प्रदर्शनमा आएको छ । सोलो रिलिजको मौका पाएको सिनेमाले समसायिक राजनीति र भ्रष्टाचार, तस्करी विरुद्दको आवाज उठाएको निर्देशक एलआर बिबेकले बताए ।

सिनेमामा अनुपविक्रम शाही, रबिन तामाङ, ध्रुव कोइराला, श्रीराम पुडासैनी, प्रेम शर्मा, दिनेश केसी, कालु राना, तेजा ऐरकासँगै नवअभिनेत्री साधना सिलवाल र सगुन थापाको मुख्य भूमिका छ ।

इमान्दार प्रहरीले समाजमा व्याप्त भ्रष्टाचार, तस्करी, कालोबजारी नियन्त्रण र निर्मुल पार्न कसरी संघर्ष गर्छ भन्ने सिनेमाको मुल कथा रहेको निर्देशक बिबेक बताउछन । सकारात्मक संदेश प्रवाहसँगै सिनेमाले पूर्ण मनोरंजन पनि बोकेको निर्देशकले दावी गर्छन ।

सुपेरियर फिल्मस्को ब्यानरमा निर्मीत सिनेमामा निर्देशक बिबेककै लेखन र निर्माण पनि छ । दिव्य सुवेदीले खिचेको सिनेमामा श्री श्रेष्ठको द्वन्द्ध, पवित्रा आचार्यको कोरियोग्राफी, र मनोज चौलागाईंको शब्द/संगीत छ ।