आर्यनले भने, ‘अर्जुन रेड्डीको नेपाली रिमेकबारे मसँग कुरा भएको छैन’

आर्यनले भने, ‘अर्जुन रेड्डीको नेपाली रिमेकबारे मसँग कुरा भएको छैन’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – चलचित्र वितरक तथा निर्माण कम्पनि ‘युवा फिल्मस्’ले तेलुगु सिनेमा ‘अर्जुन रेड्डी’को नेपाली रिमेक राइट लिएपछि यसको चर्चा चुलिएको छ । भारतलगायतका दक्षिण एसियाली राष्ट्रमा ठुलो क्रेज बनाएको ‘अर्जुन रेड्डी’को नेपाली रिमेकमा कसले शिर्ष भूमिका निभाउन सक्छन भन्ने प्रश्न पनि उब्जिएको छ ।

केहि संचारमाध्यममा सिनेमाको लिडमा आर्यन सिग्देल फाइनल भएका खबर आएपछि आर्यनले मुख खोलेका छन् । उनले संचारमाध्यममा आएका गसिपलाई खण्डन गरेका छन् ।

फेसबुकमा उनि लेख्छन ‘यो स्पष्टिकरणको लागि मात्र हो, मैले केही दिनदेखि समाचारहरु देखिरहेको छु । निर्माणाधिन चलचित्र ‘अर्जुन रेड्डी’को रिमेकमा म छैन । मसँग निर्माण पक्षको कुरा पनि भएको छैन । म निर्माण पक्षलाई शुभकामना दिन चाहन्छु ।’

सन्दीप भंगा निर्देशित ‘अर्जुन रेड्डी’को तेलुगु भर्सनमा विजय देवराकोन्डाले शिर्ष भूमिका निर्वाह गरेका थिए । त्यस्तै हिन्दी भर्सन ‘कबिर सिंह’मा शाहिद कपूरले उत्कृष्ट अभिनय पस्किए ।

त्यसैले पनि नेपाली रिमेकमा शिर्ष भूमिकालाई लिएर चर्चा सुरु भएको हो ।