हेटौंडा च्यारिटीमा ‘कोपिला’लाई उत्कृष्ट प्रतिक्रिया

हेटौंडा च्यारिटीमा ‘कोपिला’लाई उत्कृष्ट प्रतिक्रिया

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – निर्मला पन्त बलात्कार हत्या प्रकरणमा निर्माण भएको सिनेमा ‘कोपिला’को शुक्रबार हेटौंडास्थित एनएस सिनेमा हलमा च्यारिटी शो सम्पन्न गरिएको छ । शिवम अधिकारी निर्देशित सिनेमाले च्यारिटी पश्चात उत्कृष्ट प्रतिक्रिया बटुल्यो ।

मकवानपुर जागरण अभियानले आयोजना गरको च्यारिटीमा सिनेमाले उठाएको विषयबस्तुको प्रशंसा गरियो । सिनेमाले आम निर्मलाको प्रतिनिधित्व गर्ने उपस्थित पाहुनाले तर्क गरे । यस्तै निर्मलाको भूमिका निर्वाह गरेकी कलाकार संजीवनी खरेलले पनि पाहुनाबाट प्रशंसा पाइन् ।

शोमा निर्मलाकी आमा दुर्गादेवी पन्तसहित अभिनेता रमित ढुंगाना, निर्मात्री कृषा चौलागाईं, सिनेपत्रकार डब्बु क्षेत्री, निर्देशक गोविन्द गौतमलगायत महिला अधिकारकर्मी र संचारकर्मीको उपस्थिति थियो ।

समारोहमा दुर्गादेवीलाई आभारपत्रसहित ५० हजार नगद पनि प्रदान गरिएको थियो ।

निर्देशक अधिकारीकै लेखन रहेको सिनेमामा संजीवनीसँगै सरिता गिरी, गणेश गिरी, ऋद्धिचरण श्रेष्ठ, बिमल पौडेल, प्रेमवर्षा खनाल, अश्मिता जुरेली, अस्मेन घिमिरेलगायतका कलाकारको अभिनय छ ।

मणिराज गौतमले निर्माण गरेको सिनेमामा रामेश्वर कार्कीको छायांकन, बन्दे प्रसादको सम्पादन र दीपक शर्माको छायांकन छ ।