‘सेल्फी किङ’ निर्देशकले ‘अर्जुन रेड्डी’को नेपाली रिमेक निर्देशन गर्ने

‘सेल्फी किङ’ निर्देशकले ‘अर्जुन रेड्डी’को नेपाली रिमेक निर्देशन गर्ने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – तेलुगु सिनेमा अर्जुन रेड्डीको नेपाली रिमेकका लागि निर्देशकको टुंगो लागेको छ । निर्माण कम्पनि युवा फिल्मस्ले विशाल सापकोटालाई निर्देशक पक्का गरेको हो ।

सापकोटाको डेब्यु निर्देशन सेल्फी किङ माघ २४ देखि अलनेपाल रिलिज हुँदैछ ।

युवा फिल्मस सँग  निर्माणमा ‘जी २१ फिल्मस्‘ले सहकार्य गर्नेछ । ‘जी २१‘बाट निर्मित पछिल्लो सिनेमा दुई रुपैयाँ  बक्सअफिसमा सुपरहिट भएको थियो ।

एक सफल कम्पनिसँग सहकार्य गर्न पाउँदा थप उत्साहित थपिएको ‘यूवा फिल्मस्’का केशव खड्का र आशिष श्रेष्ठले बताए । यस्तै ‘जी २१‘का आसिफ शाहले अर्जुन रेड्डीको नेपाली रिमेक बन्नु एक नयाँ प्रयोग भएको बताए ।

सिनेमाको लागि अहिलेसम्म कुनै पनि कलाकार फाइनल भएका छैनन् । अडिसन मार्फत कलाकारको टुंगो लगाउने निर्माण पक्षले बतायो ।