दीपेन्द्रको ‘२ नम्बरी’ घोषणा, कलाकारमा दयाहाङ, पल, वर्षा र बुद्दि

दीपेन्द्रको ‘२ नम्बरी’ घोषणा, कलाकारमा दयाहाङ, पल, वर्षा र बुद्दि

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – यस वर्षको ब्लकबस्टर सिनेमा छ माया छपक्कै निर्देशन गरेका दीपेन्द्र लामाले नयाँ सिनेमा घोषणा गरेका छन् । दयाहाङ राई, पल शाह र वर्षा राउतलाई लिएर निर्देशक लामाले २ नम्बरी घोषणा गरेका हुन् ।

सोमबार राजधानीमा आयोजित प्रेसमिटमा सिनेमाको बारेमा जानकारी दिइयो । सामाजिक कथाबस्तुमा बुद्दि तामाङको पनि मुख्य भूमिका रहनेछ । घोषणा सभामा कलाकार दयाहाङ, पल र वर्षा मात्र उपस्थित थिए ।

सिनेमाको बारेमा बोल्दै दयाहाङले दीपेन्द्र लामासँगको दोस्रो सहकार्यले खुसि बनाएको बताए । ‘निर्माण पक्षले कथाबस्तु र भूमिकाको बारेमा नबोल्न भन्नु भएको छ । दीपेन्द्र, बुद्दि र वर्षासँग यसअघि काम गरिसकेको छु । पलसँगको सहकार्यले खुसि थपेको छ । युवा कलाकारसँग काम गर्न सधै उत्साहित हुन्छु । हामीले भूमिकामा सतप्रतिशत दिने कोशिस गर्नेछौँ । दयाले भने ।

यस्तै डेब्यु सिनेमा नाइँ नभन्नु ल ४  पछाडी दोस्रो पटक वर्षासँग स्क्रिन शेयर गर्न लागेका पलले टिमलाई लिएर खुसि व्यक्त गरे । ‘वर्षासँग झन्डै ४-५ वर्ष पछि पर्दामा देखिन पाउँदा खुसि लागेको छ । म्युजिक भिडियोमा देखिँदा जहिले पनि तपाई दुई जनाको सिनेमा कहिले आउँछ भनेर सोध्नु हुन्थ्यो । अन्तत: दीपेन्द्र दाई वर्षासँगको दोस्रो सहकार्य जुराई दिनु भएको छ ।’

उनले अगाडी भने ‘दयाहाङ दाईसँग पहिलो पटक काम गर्न पाउँदा अझ धेरै खुसि छु । उहाँसँग धेरै कुरा सिक्न पाउने अपेक्षा बोकेको छ । यस्तै बुद्दिसँग वीर विक्रम २ मा काम गरेको नाताले यसमा घुल्न सजिलो हुनेछ ।’

ब्लकबस्टर जात्रै जात्रा पछाडी पहिलो सिनेमा साइन गरेकी वर्षाले राम्रो टिमबाट राम्रो काम निक्लिने आशा व्यक्त गरिन । ‘सबैसँग यसभन्दा अगाडी काम गरेकाले यसमा सहज त पक्कै पनि हुनेछ । तर, पनि टिमबाट केहि सिक्ने मौका मिल्नेछ भन्ने आशा बोकेकी छु । जनैपुर्णिमामा सिनेमा लिएर आउनेछौँ ।

किरण नेपालीको प्रस्तुति रहने २ नम्बरीलाई सुशन प्रजापतिले खिच्नेछन्। रत्न श्रेष्ठको कार्यकारी निर्माण रहने सिनेमाका निर्मातामा रोहित कट्टेल र सरोज नेपाली छन् ।

रेड बर्ड प्रोडक्सन र आरआर फिल्मसको व्यानरमा निर्माण हुने सिनेमामा अमलादेवी राईको सह-लगानी रहनेछ । माघ २५ देखि फ्लोरमा जाने सिनेमालाई आगामी जनैपुर्णिमा रिलिज गरिनेछ ।