‘चारानाको मसला’ गीतमा बोल्ड स्वस्तिमा र सुपुष्पा

‘चारानाको मसला’ गीतमा बोल्ड स्वस्तिमा र सुपुष्पा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – चैत २८ गते रिलिज हुने सिनेमा चपली हाइट ३ को सम्पूर्ण छायांकन सकिएको छ । सिनेमामा समावेश चारानाको मसला  बोलको गीत खिचेसँगै छायांकन पुरा भएको हो ।

काठमाडौँको ठमेलस्थित एक क्लबमा खिचिएको गीतमा कलाकार स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट र महेश त्रिपाठीलाई फिचर्ड गरिएको छ । गीतमा स्वस्तिमा र सुपुष्पाको बोल्ड रुप देख्न सकिन्छ ।

गीतमा सुवाष भुषालको संगीत, अस्मिता अधिकारी र राज खुम्बुको आवाज छ । प्रदीप लामाले कोरियोग्राफी गरेको गीतलाई पुरुषोत्तम प्रधानले खिचेका छन् ।

सस्पेन्स थ्रिलर सिनेमालाई निकेश खड्काले निर्देशन गरेका छन् । अर्जुन कुमारले निर्माण गरेको सिनेमामा अर्पण थापा र प्रतिक श्रेष्ठको पनि मुख्य भूमिका छ ।