anmol jasita

कलाकार संघको सहयोगार्थ ‘दि कर्मा’को च्यारिटी सम्पन्न

कलाकार संघको सहयोगार्थ ‘दि कर्मा’को च्यारिटी सम्पन्न

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाल चलचित्र कलाकार संघको सहयोगार्थ सिनेमा ‘दि कर्मा’को च्यारिटी सम्पन्न गरिएको छ । मंगलबार च्यारिटीबाट उठेको रकम संघलाई प्रदान गरिएको सिनेमाका निर्माता जयराज रोयले बताए ।

च्यारिटी पश्चात संघका अध्यक्ष रविन्द्र खड्काले सहयोगको लागि सिनेमा निर्माण पक्षलाई धन्यवाद व्यक्त गरे । च्यारिटीलाई चलचित्र निशुल्क दिने निर्माताहरु पनि भेटिने रहेछ, उहाँहरुले त झन् टिकट समेत किन्नुभएको छ । यो सहयोग कलाकार संघले कहिल्यै बिर्सने छैन’, उनले भने ।

च्यारिटीबाट उत्कृष्ट प्रतिक्रिया पाएको बताउदै कलाकार परमिता आरएल राणाले सबैलाई सिनेमा हेर्न आग्रह गरिन ।

यस्तै अर्का कलाकार बुद्दि तामाङले राम्रो प्रतिक्रियाले खुसि थपेको बताए । ठट्यौली शैलीमा उनले भने, ‘सिनेमा हेर्नेहरुले मेरो र सिनेमाको तारिफ गरिदिँदा म मख्ख नपरेर को पर्छ त ? छिमेकी ?’ तामाङले आफुले भन्नुभन्दा पनि दर्शकले कसरी लिनुहुन्छ भन्ने मूख्य कुरा रहेको साथै ‘दि कर्मा’ दर्शकलाई मन पर्छ भन्नेमा बिश्वास रहेको जनाए ।

सिनेमाका निर्देशक देव कुमार श्रेष्ठले कलाकार संघलाई चलचित्र मार्फत सहयोग गर्न पाउनु पनि निकै गर्वको कुरा भएको बताए ।

माघ १७ गते रिलिज हुने सिनेमामा परमिता र बुद्दिसँगै नीता ढुंगाना, करण वर्मा, जयराज रोय, संगीता नापित, अनुप सक्सेनालगायतका कलाकारको अभिनय छ ।

जय मिडिया म्यानेजमेन्ट र श्रीत मिडिया एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित सिनेमा नेपालसँगै विदेशमा पनि रिलिज हुनेछ । रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा निर्माता रहेको यस सिनेमामा शारदा खड्का अर्याल सह निर्माताको रुपमा छिन् ।