anmol jasita

विल्सन विक्रमलाई पुत्रलाभ

विल्सन विक्रमलाई पुत्रलाभ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – हास्यकलाकार विल्सन विक्रम राईलाई पुत्रलाभ भएको छ । श्रीमती सरिना लामाले बुधबार छोरालाई जन्म दिएकी हुन् । बुधबारै विल्सनको ३४ औँ जन्मदिन पनि परेको छ ।

आफ्नो जन्मदिनमा छोराको जन्म हुँदा विल्सनले यो दिन विशेष रहेको बताएका छन् । विल्सन र सरिनाले गत फागुनमा सुटुक्क विवाह गरेका थिए । विवाहको ११ महिना पश्चात सरिनाले छोरालाई जन्म दिएकी हुन् ।

श्रोतका अनुसार सरिनाको डेलिभरी समय आज थिएन । डाक्टरले अर्कै समय दिएपनि प्रसव पिडाका कारण सरिनालाई एक सातादेखि अस्पतालमा भर्ना गरिएको थियो । अप्रेसन पछि आमा र बच्चाको स्वास्थ्य राम्रो रहेको विल्सनले जानकारी दिए ।