भ्यालेन्टाइनमा नेपालसँगै अस्ट्रेलियामा ‘लभ डायरिज’

भ्यालेन्टाइनमा नेपालसँगै अस्ट्रेलियामा ‘लभ डायरिज’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सुशील श्रेष्ठ स्टारर सिनेमा ‘लभ डायरिज’ भ्यालेन्टाइन डे अवसर पारेर नेपालसँगै अस्ट्रेलियामा पनि प्रदर्शन हुने भएको छ । अस्ट्रेलियामा नाइन मेल क्याफे र सल्भ एजुकेशन कन्सलटेन्सीले सिनेमा प्रदर्शन गर्नेछन ।

फागुन २ अर्थात फेब्रुअरी १४ मा मेलबर्नस्थित चाइना टाउन सिनेमामा ‘लभ डायरिज’ प्रदर्शन हुने निर्माण पक्षले जानकारी दिएको हो ।

सौरभ चौधरी निर्देशित सिनेमा फागुन २ रिलिजको लागि घरेलु मार्केटमा प्रचार गरिरहेको छ । ट्रेलर र गीतलाई दर्शकले रुचाएपछि स्वदेश प्रदर्शन अगावै विदेशबाट माग भैरहेको निर्माता विनोद सापकोटाले बताए ।

लभस्टोरी सिनेमामा सुशीलसँगै डेब्यु कलाकार रुबिना थापा र विश्वजित रिमालको मुख्य भूमिका छ । सिनेमाको कथा र पटकथा मधु बास्तोलाले लेखेका हुन् ।

शाहील खान एसोसिएट निर्देशक रहेको सिनेमामा संजय लामाको छायांकन, मिलन श्रेष्ठ र दिर्घ खड्काको सम्पादन छ । भने, अर्जुन पोखरेलले संगीत भरेका छन् ।