दशौं नेफ्टा अवार्डः जुरीबाट फिल्म हेर्न सुरु

दशौं नेफ्टा अवार्डः जुरीबाट फिल्म हेर्न सुरु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ –  विभिन्न देशको सफल आयोजना पछि स्वदेशी भुमीमा फर्केको नेफ्टा फिल्म अवार्डको दशौं संस्करणको लागी निर्णायक टिमले फिल्म हेर्ने काम सुरु गरेको छ । उत्कृष्ट पाँच मनोनयन छनोटको लागी अवार्डमा सहभागिताको लागी दर्ता भएका फिल्महरु बुधबारबाट हेर्नेक्रम सुरु भएको हो ।

चैत्र २२ गते टुंडिखेलमा आयोजना हुने अवार्ड समारोहमा कुल ३७ विधा समावेश छन् । जहाँ ३२ विधा प्रतिस्पर्धामा रहनेछन् भने अन्य विधाको बिजेता जुरी र आयोजकले तय गर्नेछ ।
जुरीबाट फिल्म हेर्ने क्रम सुरु भएसँगै आयोजक अन्य तयारीमा जुटिरहेको र अवार्डलाई उत्कृष्ट तथा भव्य बनाउन कुनै कसुर बाँकी नराख्ने नेफ्टा अवार्ड संयोजक गीता पौडेलले बताइन् । ‘भ्रमण बर्ष २०२०’ लाई लक्षित गरेर नेपालमै आयोजना हुन लागिरहेको अवार्डले सरकारी अभियानमा हातेमालो गर्ने आयोजकको विश्वास छ ।
फागुन २४ गते नेफ्टा फिल्म अवार्डको मनोनयन सार्वजनिक हुनेछ । पहिलो पटक काठमाडौंको विरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सम्पन्न भएको नेफ्टा फिल्म अवार्ड त्यसयता क्रमशः नेपालसँगै मलेशिया, हङकङ, कतार र युएईमा सफलताका साथ सम्पन्न भइसकेको छ ।