शुक्रबारदेखि ‘दि कर्मा’ सोलो रिलिज

शुक्रबारदेखि ‘दि कर्मा’ सोलो रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – शुक्रबारदेखि सिनेमा ‘दि कर्मा’ अलनेपाल प्रदर्शनमा आएको छ । देवकुमार श्रेष्ठ निर्देशित सिनेमाले सोलो रिलिजको मौका पाएको हो । बलिउडको ‘जवानी जानेमन’ बाहेक यो साता अन्य प्रतिस्पर्धी सिनेमा रिलिज भएका छैनन् ।

रिलिज अगाडीको च्यारिटीमा पाएको सकारात्मक प्रतिक्रिया गर्दा ‘दि कर्मा’ले बक्सअफिसमा राम्रो व्यापार गर्ने अनुमान गरिएको छ ।

एक्सन जनराको सिनेमामा नीता ढुंगाना, परमिता आरएल राणा, बुद्दि तामाङ, करण वर्मा, जयराज रोय, संगीता नापित, अनुप सक्सेनालगायतका कलाकारको अभिनय छ । सिनेमामा पहिलो पटक परमिताले भिलेनको भूमिका निर्वाह गरेकी छन् ।

नेपाल र भारत सिमानामा घट्ने घटनामा आधारित सिनेमालाई जयराज रोयले निर्माण गरेका हुन् ।

जय मिडिया म्यानेजमेन्ट र श्रीत मिडिया एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित सिनेमामा रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा निर्माण छ । सिनेमाको सह-निर्मातामा शारदा खड्का अर्याल छिन् ।