स्टारडमसँगै प्रस्तुतिकरणमा पनि ध्यान पुर्याउँ – विराज भट्ट

स्टारडमसँगै प्रस्तुतिकरणमा पनि ध्यान पुर्याउँ – विराज भट्ट

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – एक्सन स्टार विराज भट्टले पछिल्लो समय नेपालमा स्टारडम भ्यालु घटेको बताएका छन् । आफैले निर्माण र निर्देशन गरेको साङ्लो  प्रचारमा खटिएका विराजले अब सिनेमा चलाउन प्रस्तुतिकरणमा ध्यान पुर्याउनु पर्ने पनि बताए ।

कुनै बेला नेपालमा सिनेमा चल्नुमा स्टारडमले काम गर्थ्यो । तर, अहिले स्टारडमले नै दर्शक तान्न गाह्रो छ । मेरो समयमा राम्रा सिनेमाको लागि स्टारडमले ‘सुनमा सुगन्ध’को काम गर्थ्यो । अनि स्टार जोडिएका नराम्रा सिनेमा फ्लप नै भएपनि लगानीको राम्रो प्रतिशत रिकभर हुन्थ्यो । जहाँ कलाकारको स्टारडम देखिन्थ्यो ।

अहिले समय फेरिएको छ । सिनेमामा प्रस्तुतिकरण र कन्टेन्टले काम गर्न लागेको छ । यी दुई तत्वको समिश्रणमा सिनेमा सफल भएका छन् । र, सफल सिनेमाको अंकगणितीय भ्यालु पनि बढेको छ । तर, प्रस्तुतिकरण र कन्टेन्ट नै कमजोर भएका सिनेमामा स्टारडमले काम गर्न छाडेको छ । स्टार कलाकार नै भएपनि सिनेमालाई लगानीको केहि प्रतिशत रिकभर गर्न पनि धौ-धौ पर्छ । जो हाम्रो समयमा थिएन ।

दर्शकसम्म सिनेमा नोटिस गराउन राम्रो प्रस्तुतिकरण चाहिएको छ । कथा त हामीले घुमाएरै समाज भित्रकै भन्ने हो । त्यसलाई दर्शक माँझ कसरी प्रस्तुत गर्ने भन्ने मुख्य मुद्धा हो ।

कुनै बेला प्रेमपत्रको जमाना थियो । अहिले मेल र च्याटिङको समय छ । पहिलेको प्रेम र अहिलेको प्रेम उस्तै हो । फिलिङ्स उस्तै हो । मात्र प्रेम प्रस्तुत गर्ने तरिका बद्लिएको छ । त्यसैले हामीले समय अनुसार सिनेमाको प्रस्तुतिकरणमा ध्यान पुर्याउनु पर्छ जस्तो लाग्छ ।

माघ २४ गते रिलिज हुने साङ्लोप्रति विराज सकारात्मक देखिएका छन् । पछिल्लो समय कमेडी सिनेमाको ह्याङमा रहेका दर्शकलाई राम्रो एक्सन प्याक्ड सिनेमा लिएर आएको उनि दावी गर्छन ।

सिनेमामा विराजसँगै मिस नेपाल – २०१७  निकिता चाण्डक, जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी, भिष्म जोशी लगायतका कलाकारको अभिनय छ ।

शिवम अधिकारीको लेखनमा निर्मित सिनेमामा सुरेश अधिकारी/राजनराज सिवाकोटीको संगीत, श्री श्रेष्ठको एक्सन, मानकृष्ण महर्जनको छायांकन, अर्जुन जिसीको सम्पादन र कविराज गहतराज/रामजी लामिछानेको कोरियोग्राफी छ ।