सौगातको ‘मन्त्र’ फस्टलुक आउट

सौगातको ‘मन्त्र’ फस्टलुक आउट

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सौगात मल्ल स्टारर सिनेमा ‘मन्त्र’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । खिल बहादुर गुरुङले निर्देशन गरेको सिनेमाले हिमाली भेगको कथा उठाएको छ ।

फस्टलुकमा कुनै पनि कलाकारलाई स्थान दिइएको छैन । लभस्टोरी जनरामा सौगातसँगै दीया पुन, बुद्धी तामाङ, नमिता घिसिङ, वीर बहादुर लामालगायतको मुख्य भूमिका छ ।

मुभी र्याकको व्यानरमा निर्मित सिनेमामा संजय लामाको छायांकन, मित्र डी गुरुङको सम्पादन र शम्भुजित बाँस्कोटा/सन्तोष सुनारको संगीत छ ।

देवेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको सिनेमाको निर्माता मनोज राजभण्डारी हुन् । भने, सह -निर्मातामा रविराज कार्की, सुरेश कार्की, वीर बहादुर लामा, शुभ श्रेष्ठ छन् । सिनेमाको रिलिज डेट भने तय भैसकेको छैन ।