सुव्रतको ‘के घर के डेरा’मा दयाहाङ, विपिन र वर्षा

सुव्रतको ‘के घर के डेरा’मा दयाहाङ, विपिन र वर्षा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – राजधानीमा कोठा भाडामा लिएर बस्नेहरुको कथामा सिनेमा ‘के घर के डेरा’ निर्माण हुने भएको छ । सिनेमालाई ‘सुश्री सम्पति’ फेम्ड सुव्रतराज आचार्यले निर्देशन गर्नेछन् ।

पैँतीस वर्ष अगाडी निर्देशक प्रदीप रिमालले यहि नाम सिनेमा निर्माण गरेका थिए । उक्त नाममा निर्माण हुने सिनेमाको सोमबार कास्ट एण्ड क्रु सार्वजनिक गरियो ।

सिनेमामा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, रविन्द्र झा, लूनिभा तुलाधर, आर्सिना भट्टलगायतका कलाकारको अभिनय रहनेछ । दयाहाङ, विपिन र वर्षाले पछिल्लो पटक ‘जात्रै जात्रा’मा सँगै देखिएका थिए ।

ताक्पा तामाङ (सिंगे लामा)को कन्सेप्टमा बन्ने सिनेमामा निर्देशक सफल केसी र प्रतिक गुरुङको पटकथा रहनेछ । सफल र प्रतिकले निर्देशन गरेको सिनेमा ‘हरी’ समिक्षात्मक रुपमा अब्बल ठहरिएको थियो ।

शुभ लाभ फिल्मस् र ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुने सिनेमालाई दिर्घ वीर गुरुङले खिच्नेछन् । सिनेमामा शंकर थापा (स्माइल)को संगीत, मित्र डी गुरुङको सम्पादन र गम्भीर विष्टको कोरियोग्राफी रहनेछ ।

सिंगे लामाको कार्यकारी निर्माण रहने सिनेमामा राजीव श्रेष्ठ र किरण महर्जन निर्माता छन् । यस्तै यमप्रसाद ओली सिनेमाका सह-निर्माता हुन् ।