‘सेल्फी किङ’मा आफ्नै कथा देखेको दीपकराजको दावी

‘सेल्फी किङ’मा आफ्नै कथा देखेको दीपकराजको दावी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – हास्यकलाकार तथा निर्माता दीपकराज गिरीले माघ २४ गते रिलिज हुने सिनेमा ‘सेल्फी किङ’मा आफ्नो कथा महसुस गरेको बताएका छन् ।

सिनेमाको ट्रेलर हेरेपछि उत्साहित बनेका दीपकराजले ‘सेल्फी किङ’का शिर्ष कलाकार विपिन कार्कीसँग भेट गरेका छन् । उनले ट्रेलरमा देखाइए जस्तै हास्य कलाकारको जीवनमा सोचेजस्तो उमंग नहुने बताए ।

‘हास्य कलाकारले दर्शकलाई हसाउछ, तर उसले भित्रि भावना कतिसम्म दबाउछ – त्यो देखाउदैन ।’ दीपकराजले ट्रेलरमा आफ्नै कथा पनि देखेको बताए ।

सिनेमा छायांकनको दौरान आफुले हास्यकलाकारको जीवन भोगाइ नजिकबाट नियाल्ने मौका पाएको बताए । साथै, सिनेमामा हास्य पाटो मात्र नभएर कलाकारको भित्रि जीवन केलाउने प्रयास भएको दावी गरे ।

विशाल सापकोटाले निर्देशन गरेको सिनेमामा विपिनसँगै लक्ष्मी वर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बास्तोला, कमल देवकोटा, राजेश विसुराललगायतका कलाकारको अभिनय छ । सिनेमामा एक हास्यकलाकारको तीन दिने यात्राको कथा उठाइएको छ ।

निर्देशक सापकोटाकै कथामा सुसन प्रजापतिको छायांकन, जीवन थापाको सम्पादन र निर्मलकुमार थापाको कोरियोग्राफी छ । दिनेश राउत र सुभाष थापा मिलेर ‘सेल्फी किङ’ निर्माण गरेका हुन् ।

सुभाष थापा प्रोडक्सन र पिक्चर फ्रेम फिल्म प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा प्रवल कोइराला र राजेश बिशुराल सह-निर्माताको रुपमा छन् ।