यसरी खिचिएको थियो ‘प्रेमगीत ३’को ‘हात्ती ढुंगामा’ (फोटोफिचर)

यसरी खिचिएको थियो ‘प्रेमगीत ३’को ‘हात्ती ढुंगामा’ (फोटोफिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – वर्षकै प्रतिक्षित सिनेमा मध्येको एक ‘प्रेमगीत ३’ चैत २८ देखि रिलिज हुँदैछ । महँगो बजेट र ठुलो क्यानभासमा सन्तोष सेनले निर्माण गरेको सिनेमालाई लिएर दर्शक एकदमै उत्सुक छन् ।

मंगलबार सिनेमाको पहिलो गीत ‘हात्ती ढुंगामा’ रिलिज हुँदैछ । अभिनेता प्रदीप खड्का र नव-अभिनेत्री क्रिष्टिना गुरुङ फिचर्ड गीतको पर्खाइमा व्यग्रता छाएको छ ।

यसै बीच निर्माण पक्षले गीत छायांकनका केहि स्टिल तस्विर सार्वजनिक गरेको छ । तस्विरमा मनाङको पृष्ठभुमि र छायांकनको दृश्य आत्मसाथ गर्न सकिन्छ ।


कल्याण सिंहको संगीतमा तयार गीतमा मेलिना राई र सागर आलेले स्वर दिएका छन् । हर्क बहादुर साउदको शब्द रचना रहेको गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।

छेतेन गुरुङ र सन्तोष सेन मिलेर निर्देशन गरेको सिनेमाले २ सय वर्ष पुरानो लभस्टोरी पर्दामा उतारेको छ ।

सिनेमामा प्रदीप र क्रिष्टिनाका अलावा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायतका कलाकारको पनि अभिनय छ ।

कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको सिनेमामा राजेश श्रेष्ठले डिओपी, हिमाल केसीले एक्सन, कविराज गहतराजले कोरियोग्राफी र बनिश शाह/भुपेन्द्र अधिकारीले सम्पादनको काम गरेका छन् ।