सेल्फी खिचेर दिवसले जिते ३ महिने अभिनय छात्रवृति

सेल्फी खिचेर दिवसले जिते ३ महिने अभिनय छात्रवृति

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – शुक्रबारदेखि रिलिज हुने सिनेमा ‘सेल्फी किङ’को ‘हाम्रो सेल्फी किङ कन्टेस्ट’ इटहरीका दिवस पोखरेलले जितेका छन् । उनको कमेडी मेकअप र हाउभाउमा खिचेको सेल्फीलाई सिनेमाको टिमले उत्कृष्ट घोषणा गरेको हो ।

कन्टेस्ट जितेपछि दिवसले कलाकार तथा निर्देशक अनुप बरालको एक्टर्स स्टुडियोमा ३ महिने निशुल्क अभिनय तालिमको लागि मौका पाएका छन् । कन्टेस्टमा सहभागीबाट अन्य १० जनाले सिनेमा प्रिमियरको पास पनि जितेका छन् ।

३ महिने निशुल्क अभिनयको तालिम लिन पाएपछि दिवसले खुसि व्यक्त गरेका छन् । अभिनय सिक्ने सपना पुरा गरिदिएकोमा उनले निर्माण पक्षलाई धन्यवाद व्यक्त गरे ।

विशाल सापकोटा निर्देशित ‘सेल्फी किङ’मा विपिन कार्कीले शिर्ष भूमिका निर्वाह गरेका छन् । एक हास्यकलाकारको तीन दिने यात्राको कथा बोकेको सिनेमामा विपिनसँगै लक्ष्मी वर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बास्तोला, कमल देवकोटा, राजेश विसुराललगायातका कलाकारको अभिनय छ ।

दिनेश राउत र सुभाष थापाले निर्माण गरेको सिनेमामा निर्देशक सापकोटाकै लेखन छ । सुसन प्रजापतिको छायांकन रहेको सिनेमामा जीवन थापाको सम्पादन र सुवाष भुषालको संगीत छ ।