‘डियर कमरेड’को दबदबा तोड्दै ट्रेन्डिङ शिर्ष स्थानमा ‘प्रेमगीत ३’

‘डियर कमरेड’को दबदबा तोड्दै ट्रेन्डिङ शिर्ष स्थानमा ‘प्रेमगीत ३’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – पछिल्लो समय युट्युब ट्रेन्डिङको शिर्ष स्थान पाउन नेपाली सिनेमालाई अलि सकस परिरहेको छ । दक्षिण भारतीय सिनेमा र भाइरल सामाग्रीसँग नेपाली सिनेमाले कडा प्रतिस्पर्धा गर्नु परिरहेको छ ।


यस्तैमा वर्षकै प्रतिक्षित सिनेमा मध्येको एक ‘प्रेमगीत ३’को ‘हात्ती ढुंगामा’ गीतले ट्रेन्डिङको शिर्ष स्थान हाँसिल गरेको छ । दुई सातादेखि नम्बर एक कब्जा गरेको दक्षिण भारतीय सिनेमा ‘डियर कमरेड’लाई ‘प्रेमगीत ३’ले उछिन्न सफल भएको हो ।

दुई सातामा अन्य भिडियोले उछिन्न नसकेको ‘डियर कमरेड’ अहिले ट्रेन्डिङको टप ५० बाटै बाहिरिएको छ ।

रिलिजको दुई दिनमा ‘हात्ती ढुंगामा’ले ११ लाख बढी भ्युज बटुलिसकेको छ । ७ हजार २ सय प्रतिक्रिया पाएको गीतलाई ९२.५१ प्रतिशत लाइक प्राप्त भएको छ । प्रतिक्रिया सबै जस्तो सकारात्मक आएका छन् ।
पहिलो प्रचार सामाग्रीलाई लिएर दर्शकले देखाएको उपस्थिति र प्रतिक्रियाले ‘प्रेमगीत ३’को हाइप अझ उकालो लागिरहेको छ ।

कल्याण सिंहले संगीत भरेको गीतमा सिनेमाका मुख्य कलाकार प्रदीप खड्का र क्रिष्टिना गुरुङ फिचर्ड छन् । हर्क साउदको शब्द रचनामा मेलिना राई र सागर आलेले आवाज दिएका छन् । भने, भिडियो कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।

युवास्टार प्रदीपको झन्डै एक वर्षपछि यो सिनेमा रिलिज हुँदैछ । त्यसैले प्रदीपका फ्यान बीच सिनेमालाई लिएर उत्सुकता पैदा भएको छ ।

छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको सिनेमामा प्रदीप र क्रिष्टिनासँगै शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायतका कलाकारको पनि अभिनय छ ।

कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको सिनेमामा राजेश श्रेष्ठले डिओपी, हिमाल केसीले एक्सन, कविराज गहतराजले कोरियोग्राफी र बनिश शाह/भुपेन्द्र अधिकारीले सम्पादनको काम गरेका छन् ।

आसुशेन फिल्मस् प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा सन्तोष सेनको लगानी छ । छेतेन गुरुङ र मन्दीप गौतमको लेखन रहेको सिनेमाको नेपाली नयाँ वर्षको अवसर पारेर चैत २८ मा रिलिज हुँदैछ ।

https://youtu.be/UaeScocRNsQ