प्रिमियरमा ‘सेल्फी किङ’को कन्टेन्ट र विपिनको अभिनय माथि प्रशंसा

प्रिमियरमा ‘सेल्फी किङ’को कन्टेन्ट र विपिनको अभिनय माथि प्रशंसा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – विपिन कार्की स्टारर सिनेमा ‘सेल्फी किङ’को राजधानीमा ग्राण्ड प्रिमियर सम्पन्न भएको छ । गोंगबु बसपार्कस्थित आइएनआइ सिनेमाजमा राखिएको प्रिमियरमा सिनेमा क्षेत्रका व्यक्तित्वको बाक्लो उपस्थिति रह्यो ।

विशाल सापकोटा निर्देशित सिनेमाले प्रिमियर पश्चात सबैतिरबाट तारिफ बटुल्यो । प्रिमियरमा उपस्थित पाहुनाले सिनेमामा कुनै कमि कमजोरी नभेटाएको प्रतिक्रिया दिए । विशेष गरि सिनेमाको कथाबस्तु र विपिनको अभिनयको प्रशंसा भयो ।

सिनेमाले एक हास्यकलाकारको तीन दिने यात्राको कथा बोकेको छ । पाहुनाले सिनेमाको कथाबस्तु आफुले आत्मसाथ गरेको बताए । ‘सिनेमाले कलाकारलाई मात्र होइन, जुनसुकै प्रोफेसनको व्यक्तिलाई पनि छुन्छ’ अभिनेत्री केकी अधिकारीले भनिन् ।

‘विपिनले पुन: अभिनय मार्फत आफनो क्षमतालाई प्रष्ट्याएका छन् । अब्बल कलाकारको रुपमा आफुलाई पुष्टि नै गरे ।’ निर्देशक प्रदीप भट्टराईले विपिनको कामको प्रशंसा गर्दै भने ।

यस्तै निर्देशक दीपेन्द्र के खनालले विशाल सापकोटाको कामको तारिफ गरे । ‘विशालको पहिलो काम जस्तो लागेन । मलाई यस्तै खालको सरल र मन छुने सिनेमा मन पर्छ । दर्शकलाई पनि मन पर्छ भन्ने आशा लिएको छु ।

दिनेश राउत र सुभाष थापाले निर्माण गरेको सिनेमामा विपिनसँगै लक्ष्मी वर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बास्तोला, कमल देवकोटा, राजेश विसुराललगायातका कलाकारको अभिनय छ ।

माघ २४ देखि रिलिज हुने सिनेमामा निर्देशक सापकोटाकै लेखन, सुसन प्रजापतिको छायांकन, जीवन थापाको सम्पादन र सुवाष भुषालको संगीत छ ।