चलचित्र पत्रकार संघ अधिवेशन: रुपन्देहीमा दोस्रो पटक सुमन श्रेष्ठ अध्यक्ष

चलचित्र पत्रकार संघ अधिवेशन: रुपन्देहीमा दोस्रो पटक सुमन श्रेष्ठ अध्यक्ष

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – चलचित्र पत्रकार संघ रुपन्देही शाखामा सुमन श्रेष्ठ अध्यक्ष पदमा निर्वाचित भएका छन् । विहिबार बुटवलमा सम्पन्न दोस्रो वार्षिक साधारणसभा तथा अधिवेशनबाट दोस्रो पटक अध्यक्षमा श्रेष्ठ सर्वसम्मत अध्यक्ष चुनिएका हुन् ।

संघको उपाध्यक्षमा संजय सौगात, सचिवमा मोहन न्यौपाने, सहसचिवमा राजीव भुषाल, कोषाध्यक्षमा रमेश अर्याल निर्वाचित भएका छन् । सदस्यको कोटामा दिनेशकुमार श्रेष्ठ, रविन्द्र प्रताप गुप्ता, कपिल अधिकारी र फुलु सुनार छन् । भने, कृष्ण खनाल र कृष्णा भण्डारी मनोनित सदस्यमा चयन भएका छन् ।

साधारणसभामा संस्थाका सचिव रमेश अर्याल र कार्यवाहक कोषाध्यक्ष मोहन न्यौपानेले २०७४ जेष्ठदेखि २०७६ पुष मसान्तसम्मको ६० हजार ५ सय बराबरको आयव्वय विवरण प्रस्तुत गरेका थिए ।