‘सेन्टी भाइरस’ टिम र चलचित्र पत्रकार बीच च्यारिटी क्रिकेट खेलिने

‘सेन्टी भाइरस’ टिम र चलचित्र पत्रकार बीच च्यारिटी क्रिकेट खेलिने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – फागुन ९ गते रिलिज हुने सिनेमा ‘सेन्टी भाइरस’ टिमले चलचित्र पत्रकारसँग च्यारिटी क्रिकेट म्याच खेल्ने भएको छ । चितवनमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशालाको नमुना मैदानमा फागुन २ गते दुई टिम बीच टि-ट्वान्टी म्याच खेलिनेछ ।

धुर्मुस-सुन्तलीले निर्माण गरेको ‘सेन्टी भाइरस’ले दिएलाएको मुनाफाको ५० प्रतिशत रकम रंगशाला निर्माणमा खर्च गरिनेछ । जनस्तरबाट निर्माण भैरहेको रंगशालाको कामले गति लिइसकेको छ ।

क्रिकेट खेल्न इच्छुक चलचित्र पत्रकारहरुलाई सहभागिताको लागि आव्हान पनि गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा अहिले ‘वर्ल्ड कप लिग २’ अन्तर्गत नेपाल, अमेरिका र ओमानले प्रतिस्पर्धा गरिरहेका छन् । क्रिकेटको यस माहोलमा चलचित्र पत्रकार र ‘सेन्टी भाइरस’ टिम बीच आत्मियता बढ्ने आशा लिइएको छ ।

रामबाबु गुरुङले निर्देशन गरेको ‘सेन्टी भाइरस’मा दयाहाङ राई, सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), विल्सनविक्रम राई, राजराम पौडेल, बसन्त भट्ट, कमलमणि नेपाल, सन्दीप क्षेत्रीलगायतका कलाकारको अभिनय छ ।

सिनेमामा कुमार कट्टेल र दीपक आचार्यको लेखन छ । सुबिहानी फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको सिनेमाका लगानीकर्ता डिन्डू लामा ह्याल्मो हुन् । उनलाई लगानीमा फुर्पा ह्याल्मोले सघाएका छन् ।