‘सेन्टी भाइरस’ विरुद्दको मैत्रीपूर्ण क्रिकेटमा चलचित्र पत्रकार ७ विकेटले विजयी

‘सेन्टी भाइरस’ विरुद्दको मैत्रीपूर्ण क्रिकेटमा चलचित्र पत्रकार ७ विकेटले विजयी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा ‘सेन्टी भाइरस’ टिम र चलचित्र पत्रकार बीचको मैत्रीपूर्ण क्रिकेटमा पत्रकारको टोलीले जित हात पारेको छ ।

Film Journalist Team

चितवनस्थित निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुनामा मैदानमा सम्पन्न टि-ट्वान्टी म्याचमा चलचित्र पत्रकारले  ‘सेन्टी भाइरस’ टिमलाई ७ विकेटले पराजित गर्यो ।

टस हारेर ब्याटिङ गरेको  ‘सेन्टी भाइरस’ टिमले १९ ओभरमा सबै विकेट गुमाउदै १ सय ३६ रन बनाउन सक्यो । उसका लागि सुनिल भण्डारीले सर्वाधिक २५ रन बनाए । यस्तै एलिश राईले २१ रनको योगदान दिए ।

४२ रनमै ५ विकेट गुमाएर दबाबमा आएको  ‘सेन्टी भाइरस’ टिमको पारी सुनिल र एलिशले उकासेका थिए । दुवैले छैटौँ विकेटको लागि अर्धशतकीय साझेदारी गरे ।

‘सेन्टी भाइरस’ टिमको तर्फबाट कुमार कट्टेलले १२, सुलभ पहारीले ८, कुलदीप अधिकारीले ७, सुरेश कार्कीले ५, जगदिस अधिकारीले ३ र दयाहाङ राईले व्यक्तिगत १ रन बनाए । यस्तै मणिराम पोखरेल र अर्जुन घिमिरेले खाता नखोली आउट हुँदा विल्सनविक्रम राईले अविजित ५ रनको योगदान दिए ।

Senti Virus team

‘सेन्टी भाइरस’ टिमलाई १ सय ३६ मा अलआउट गर्ने क्रममा चलचित्र पत्रकारको तर्फबाट खगेन्द्र बुढाथोकीले सर्वाधिक ४ विकेट चट्काए । भने, कप्तान सन्दीप सापकोटासहित सुजन पण्डित र संगम धामीले समान २/२ विकेट लिए ।

१ सय ३७ रनको टार्गेट पच्छ्याएको चलचित्र पत्रकारको टोलिले १५.२ ओभरमै ३ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । ४ विकेट लिएका खगेन्द्रले ८ चौकाको मद्दतमा ४३ बलमा ६३ रनको अविजित पारी खेले ।

उत्कृष्ट सुरुवात गरेको चलचित्र पत्रकारले ९ ओभरमा विना विकेटको क्षतिमा ९६ रन जोडेको थियो । १७ बलमा २० रन बनाएका नारायण रेग्मीले अर्को ब्याट्सम्यानलाई ब्याटिङको पालो दिएका थिए ।

पहिलो विकेटको लागि १ सय १७ रनको साझेदारी हुँदा ‘सेन्टी भाइरस’ टिम हारको नाजिक पुगिसकेको थियो । त्यसपछि लगातार ३ विकेट लिएपनि टिमले हार जोगाउन सकेन ।

यस्तै दिनेश सिटौलाले २० बलमा २६ रनको महत्वपूर्ण पारी खेले । उनले ५ चौका हिर्काए । आकाश खड्काले ६, कप्तान सन्दीप सापकोटाले अविजित ५ रन बनाउदा सन्तोष कुमार थापा १ रनमा अविजित रहे । बैकुण्ठराज पराजुली गोल्डेन डक भएका थिए ।

‘सेन्टी भाइरस’ टिमको लागि एलिश राईले २ विकेट लिए । यस टिमको कप्तानी सिताराम कट्टेल (धुर्मुस)ले गरेका थिए ।

धुर्मुस-सुन्तलीले निर्माण गरेको ‘सेन्टी भाइरस’ यहि फागुन ९ देखि अलनेपाल रिलिज हुँदैछ । रामबाबु गुरुङ निर्देशित सिनेमाले दिलाएको मुनाफाको ५० प्रतिशत गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि खर्चिनेछ ।