दर्शकको राम्रो प्रतिक्रियाले उत्साहित ‘लभ डायरिज’ टिम

दर्शकको राम्रो प्रतिक्रियाले उत्साहित ‘लभ डायरिज’ टिम

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – शुक्रबारदेखि सोलो रिलिज भएको सिनेमा ‘लभ डायरिज’लाई दर्शकको साथ मिलेको छ । सौरभ चौधरी निर्देशित लभस्टोरी सिनेमा भ्यालेन्टाइनको अवसरमा रिलिज भएको थियो ।

वितरक करण क्रेजीले पहिलो दुई दिन सिनेमाको व्यापार उत्साहजनक रहेको बताए । सकारात्मक प्रतिक्रिया र दर्शकको साथले गर्दा सिनेमाको शोजमा बढोत्तरी भएको उनले जानकारी गराए । प्रेम-दिवस लक्षित हुँदा सिनेमाले यसको राम्रो फाइदा उठाएको छ ।

सिनेमा हेर्ने जति दर्शकले सबैले मन पराएका छन्। डेब्यु निर्देशक सौरभ चौधरीको कामलाई पनि दर्शकले सहराएका छन् । भने, डेब्यु कलाकार रुबिना थापा र विश्वजित रिमालको अभिनय पनि रुचाइएको छ ।

शुक्रबार र शनिबार दर्शक प्रतिक्रिया बुझ्न सिनेमा टिम हल परिसर धाएको थियो । अभिनेता सुशील श्रेष्ठले दर्शकको मायाले उत्साहित बनाएको बताए । पछिल्लो समय लगातार सिनेमा असफल भैरहेका बेला ‘लभ डायरिज’मा दर्शकले देखाएको उपस्थितिले खुसि थपेको उनले बताए ।

बलिउड सिनेमा ‘लभ आजकल’ कमजोर बनेको प्रतिक्रिया आउँदा यसको प्रत्यक्ष फाइदा ‘लभ डायरिज’लाई मिल्न सक्छ । अब हेरौँ, प्रदर्शनको पहिलो सातासम्म सिनेमाले दर्शकको साथ कति पाउनेछ ।

शाहील खान एसोसिएट निर्देशक रहेको सिनेमामा संजय लामाको छायांकन र दिर्घ खड्का/मिलन श्रेष्ठको सम्पादन छ । मधु बास्तोलाले लेखेको कथा र पटकथामा निर्माता विनोद सापकोटाले लगानी गरेका छन् ।