anmol jasita

‘सम्हालिन्छ कहिले मन’ निर्माण कम्पनिले डान्स बेस्ड सिनेमा बनाउने

‘सम्हालिन्छ कहिले मन’ निर्माण कम्पनिले डान्स बेस्ड सिनेमा बनाउने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – भदौ ५ गते रिलिज हुने सिनेमा ‘सम्हालिन्छ कहिले मन’ निर्माण कम्पनि एबी इन्टरनेशनलले नयाँ सिनेमा घोषणा गरेको छ । ‘वोर्न टू डान्स’ नामक सिनेमा डान्समा आधारित हुनेछ ।


सत्यकथामा आधारित हुने सिनेमालाई निर्माण कम्पनिले ड्रिम प्रोजेक्ट बताएको छ । अमन तामाङले निर्देशन गर्ने सिनेमाको लोगो पोस्टर पनि सार्वजनिक गरिएको छ ।

आगामी वर्ष रिलिज हुने सिनेमालाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने निर्माण पक्षले बताएको छ । सिनेमामा अमित बस्नेत, अजित केआर थापा र परी रानाको लगानी रहनेछ ।

कुनै पनि कलाकार टुंगो नलागेको सिनेमाको कथामा विगत ५ वर्षदेखि काम भैरहेको बताइएको छ । सिनेमाको लागि डान्समा पोख्त र कथा सुहाउँदो कलाकारको खोजी भैरहेको छ ।

Producers: Amit Basnet, Pari Rana & Ajit KR Thapa

धेरै जसो छायांकन नेपालमै गरिने भएपनि अमेरिका र क्यानडामा पनि सिनेमा खिचिनेछ ।

सिनेमा ‘पासवर्ड’ निर्माण/रिलिज गरिसकेको एबी इन्टरनेशनलको हिन्दी सिनेमा ‘लैला मञ्जु’ छायांकनमा छ । सिनेमामा लुलिया भन्तुर, महेश मंजेकर, जिम्मी शेर्गिल, जेसी लिभरलगायतका भारतीय कलाकारको अभिनय छ ।