anmol jasita

जेठमा पूजा र आकाशको ‘सम्झना बिर्सना’

जेठमा पूजा र आकाशको ‘सम्झना बिर्सना’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – पूजा शर्मा र आकाश श्रेष्ठ स्टारर सिनेमा ‘सम्झना बिर्सना’को रिलिज डेट फाइनल भएको छ । निर्माण पक्षले सिनेमाको फस्टलूक सार्वजनिक गर्दै रिलिज डेट सार्वजनिक गरेको हो ।

निमेष प्रधान निर्देशित लभस्टोरी सिनेमा अब आउँदो वर्षको जेठ २ गते रिलिज हुनेछ । पोस्टरमा मुख्य कलाकार पूजा र आकाशको जोडीलाई रोमान्टिक मूडमा प्रस्तुत गरिएको छ ।

नेपालसँगै दार्जिलिङ र सिक्किमको जीवन पद्दति प्रेमकथामा आधारित सिनेमामा सुनिल थापा, शिशिर राणा, छुल्ठिम गुरुङलगायतका कलाकारको पनि अभिनय छ । सिनेमाको कथा र पटकथा निर्देशक प्रधानकै हो ।

आदित्य प्रधान र रेविका प्रधानले निर्माण गरेको सिनेमामा शिव ढकालको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन, शिशिर राणाको संवाद र कमल राईको कोरियोग्राफी छ ।

रिलिजका हिसावले यो पूजा र आकाशको तेस्रो सिनेमा हो । ‘रामकहानी’मा पहिलो पटक स्क्रिन शेयर गरेको यो जोडीको ‘पोइ पर्यो काले’ रिलिज भैसकेको छ । भने, ‘सम्हालिन्छ कहिले मन’ आगामी वर्षको तीजमा रिलिज हुँदैछ । यो जोडी अर्को सिनेमा ‘मन परेसी’मा पनि देखिदैछ ।