anmol jasita

केशव भट्टराई परिवारलाई ‘आमा’ निर्मात्रीको सहयोग

केशव भट्टराई परिवारलाई ‘आमा’ निर्मात्रीको सहयोग

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – स्वर्गीय केशव भट्टराईको परिवारलाई सिनेमा ‘आमा’की निर्माता शर्मिला पाण्डेले नगद सहयोग गरेकी छन् । आइतबार राजधानीमा आयोजित सिनेमाको प्रेसमिटमा शर्मिलाले भट्टराई पत्नी नीता भट्टराईलाई १ लाख १ हजार सहयोग गरेकी हुन् ।

रकम प्रदान गरिसकेपछि शर्मिलाले एक आमाले अर्को आमालाई सहयोग गर्न पाउनु सौभाग्य रहेको बताइन ।

थुप्रै सिनेमाका निर्माता र चलचित्र बिकास बोर्डका अध्यक्ष भट्टराईको गत मंसीरमा असामयिक निधन भएको थियो । त्यसपश्चात भट्टराईको परिवारलाई आर्थिक संकटले पिरोलेको छ ।

आर्थिक समस्या परेसँगै अहिले सिनेकर्मीले भट्टराई परिवारलाई रकम सहयोग गरिरहेका छन् ।

दीपेन्द्र के खनालले निर्देशन गरेको सिनेमा ‘आमा’ फागुन ९ देखि रिलिज हुँदैछ । सम्पूर्ण आमाको कथा भन्ने सिनेमामा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, लक्ष्मी भुषाल, टिका पहारीलगायतका कलाकारको अभिनय छ ।