anmol jasita

‘चपली हाइट ३’को अस्ट्रेलिया राइट १९ लाखमा विक्री

‘चपली हाइट ३’को अस्ट्रेलिया राइट १९ लाखमा विक्री

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अर्जुन कुमारले निर्माण गरेको सिनेमा ‘चपली हाइट ३’को अस्ट्रेलिया राइट विक्री भएको छ । अस्ट्रेलिया प्रदर्शनका लागि बाबा कन्सल्टटेन्सी सिनेमाको राइट २५ हजार अस्ट्रेलियन डलरमा खरिद गरेको हो ।

आजको गूगल मुल्य अनुसार यसको नेपाली रकम १९ लाख १८ हजार ५ सय ७२ हुन् आउँछ । हिट सिरिजको ब्राण्ड भ्यालु, प्रचारका सामाग्रीको उच्च हाइपले गर्दा सिनेमाको अस्ट्रेलिया राइट राम्रो रकममा विक्री भएको हो ।

सोमबार सम्झौता पत्रमा साइन गरेपछि आफ्नो सिनेमालाई विश्वास गरेर राम्रो रकम हालिदिएकोमा निर्माता अर्जुन कुमारले बाबा कन्सल्टटेन्सीलाई धन्यवाद ज्ञापन गरे ।

पछिल्लो समय नेपालमा राम्रो हाइप बनाएका सिनेमाले विदेशमा राम्रो रकम पाइरहेका छन् । जसले निर्मातालाई फाइदा पुर्याइरहेको छ ।

निकेश खड्काले निर्देशन गरेको सस्पेन्स थ्रिलर सिनेमामा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, अर्पण थापा, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी वर्देवा, लोकेन्द्र लेखकलगायातका कलाकारको अभिनय छ ।

आकाश बरालको लेखन र संवाद रहेको सिनेमामा सुभाष भुषाल/अर्जुन कुमारको संगीत, अष्ट महर्जनको एक्सन, पुरुषोत्तम प्रधानको छायांकन र दिर्घ खड्काको सम्पादन छ ।

अर्जुन कुमार फिल्मस् प्रोडक्सनको व्यानरमा निर्मित सिनेमा चैत २८ देखि अलनेपाल रिलिज हुँदैछ ।