anmol jasita

निफको ६ विधामा ‘बुलबुल’ उत्कृष्ट (पूर्णसुची)

निफको ६ विधामा ‘बुलबुल’ उत्कृष्ट (पूर्णसुची)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – राष्ट्रिय सभागृह, पर्यटन बोर्ड र सर्वनाम थियटरमा पाँच दिनसम्म चलेको नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल ‘निफ’ समापन घोषणा भएको छ । सोमबार समापन समारोहमा सहभागी सिनेमालाई अवार्ड वितरण गरियो ।

समारोहमा नेपाली सिनेमा ‘बुलबुल’ले वर्चश्व जमायो । नेपाल पनोरमा फिचरतर्फ उत्कृष्ट सिनेमा, उत्कृष्ट निर्देशक, उत्कृष्ट पटकथा, उत्कृष्ट अभिनेत्री, जुरी अवार्ड महिला-पुरुष विधाका अवार्ड ‘बुलबुल’को पोल्टामा परे ।

यस्तै ‘गोपी’ले उत्कृष्ट अभिनेता, जुरी अवार्ड राष्ट्रिय/अन्तर्राष्ट्रिय र छायांकन विधामा पकड जमायो ।

फागुन १ देखि ५ सम्म चलेको महोत्सवमा बलिउड निर्देशक प्रकाश झा प्रमुख अतिथि थिए । मन्जुकुमार श्रेष्ठ, गौरी मल्ल, जाओ पाउलोमकाइदो र थिबाउट ब्राकसहितको फिचर सिनेमा निर्णायक समुहको नेतृत्व प्रकाश झाले गरेका थिए । भने, श्रीलंकन डकुमेन्ट्री सिनेकर्मी अनोमा राजाकरुणाले डकुमेन्ट्री विधा तर्फको जुरी सदस्यको नेतृत्व गरेका थिए । उनलाई करण थापा र युनी हाडीले सहयोग गरेका थिए ।

विजेताहरुको सुची

नेपाल पनोरमा फिचर
सिनेमा: बुलबुल
निर्देशक: बिनोद पौडेल – बुलबुल
पटकथा: बिनोद पौडेल – बुलबुल
अभिनेत्री: स्वस्तिमा खड्का – बुलबुल
अभिनेता: विपिन कार्की – गोपी
जुरी अवार्ड अभिनेता: मुकुन भुषाल – बुलबुल
जुरी अवार्ड अभिनेत्री: लक्ष्मी वर्देवा – बुलबुल
छायांकन: शैलेन्द्र डि कार्की – गोपी
जुरी सिनेमा: गोपी

नेपाली सर्ट सिनेमा जुरी: जुनुको जुत्ता (निर्देशक – केदार श्रेष्ठ)
अन्तर्राष्ट्रिय सर्ट सिनेमा जुरी मेन्सन: अन्ना (युक्रेन)
नेपाली सर्ट सिनेमा: कलम (निर्देशक – प्रविनकुमार राउत)
सर्ट सिनेमा जुरी मेन्सन: दि अदर हाफ (श्रीलंका)

डकुमेन्ट्री – माउन्ट एभरेस्ट अवार्ड: को हसबेण्ड (निर्देशक – गणेश पाण्डे) १ हजार अमेरिकी डलरसहित
एनीमेटेड – मन्जुश्री अवार्ड: स्प्रिट अफ दि ड्रइङ गर्ल (चिन) ७ सय अमेरिकी डलरसहित
अन्तर्राष्ट्रिय सर्ट सिनेमा – बागमती अवार्ड: नुरी (भारत) ५ सय अमेरिकी डलरसहित

अन्तर्राष्ट्रिय सिनेमा – गौतम बुद्ध अवार्ड: ट्रयाप (टर्की) १५ सय अमेरिकी डलर